काठमाडौँ- कुवेतमा झापाका दुई कामदारको मृत्यु भएको छ । हल्दबीबारी-१ गोलधापका यमबहादुर कटुवाल र चकचकी गाउँपालिकाका-६ का सुकलाल राजवंशीको मृत्यु भएको हो । कुवेतस्थित नेपाली दूतावासका अनुसार बुधबार अन्तरर्राष्ट्रिय विमानस्थलको टर्मिनल-२ को पायपलायन निर्माण गर्ने क्रममा बालुवा ढिस्को खसी मृत्यु भएको हो । रोल्पाका सर्वजीत महरा घाइते भएका छन् ।
वैदेशिक रोजगारमा वर्षेनी एक हजार नेपालीले ज्यान गुमाउने गरेका छन् । कामदारहरू सडक दूर्घटनामा, सुतेको ठाउँमा र कार्यस्थलमा नै कामदारको मृत्यु हुने गरेको छ । मलेसियालगायत खाडी मुलुकमा वैदेशिक रोजागरका लागि नेपाली कामदार जाने गरेका छन् ।
वैदेशिक रोजगारीका लागि कुवेत पुगेका झापाका दुई युवाको काम गर्नेक्रममा बालुवाको ढिस्कोले पुरिएर ज्यान गएको छ। बुधबार कुवेतको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलतर्फ भूमिगत पाइप मर्मत गर्नेक्रममा झापाको गोलधाप-१ का यमबहादुर कटुवाल र चकचकी-६ का सुकलाल राजबंशीको ज्यान गएको कुवेतस्थित नेपाली दुतवाासले जनाएको छ। उक्त घटनामा रोल्पाको मिझिङका सर्वजित महरा गम्भीर घाइते भएको र उनको उपचार भइरहेको दुतावासले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-