बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सर्वोत्तम स्टिल विस्फोट प्रकरण: उपचारका क्रममा ५ मजदुरको मृत्यु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २४, २०७८ २०;४८ मध्यान्ह प्रकाशित
सर्वोत्तम स्टिल विस्फोट प्रकरण: उपचारका क्रममा ५ मजदुरको मृत्यु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

वीरगन्जः वीरगन्जको सर्वोत्तम स्टिल उद्योगमा गत भदौ १० गते फलाम गलाउने भट्टी पड्किएर घाइते भएकामध्ये ५ मजदुरको उपचारका मृत्यु भएको छ ।भारतको पटनास्थित एपोलो अस्पतालमा उपचाररत ६ जनामध्ये ५ जना मजदुरको मृत्यु भएको हो ।मृतक सबै ५ जना भारतीय नागरिक हुन् ।पटनामा उपचारका क्रममा भारतको बिहारका ५२ वर्षीय विनोद पाण्डे, बिहारकै २७ वर्षीय गगन नायक बिहारी, भारतकै उत्तर प्रदेशको खुशीनगरका ३२ वर्षीय धिरु सहनी, उत्तर प्रदेशकै लखनउका ३७ वर्षीय मानस परिदा र लखनउकै ३० वर्षीय रामपुकार यादवको मृत्यु भएको हो ।

पटनाको एपोलो अस्पतालमा उपचारका क्रममा ३ जनाको भदौ १६ गते र २ जनाको भदौ १८ गते मृत्यु भएको जानकारी बिहीबार मात्र पाएको पर्साका प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेले बताए । मजदुरको मृत्यु भएको सूचना पाएर अन्नपूर्णपोष्टकर्मीले प्रश्न गर्दा पाण्डेले भने, ‘हो ५ जनाको मृत्यु भएको रहेछ, भदौ १६ गते ३ जनाको र भदौ १८ गते २ जनाको मृत्यु भएको हो, तर यो जानकारी आज (बिहीबार) मात्रै भएको हो ।’

घटनाको वास्तविकता लुकाउने प्रयासमा उद्योग:
भट्टी विस्फोटको घटना ढाकछोपको प्रयासमा सुरुदेखि नै लागेको उद्योग व्यवस्थापन पक्षले ५ जना मजदुरहरुको मृत्यु भइसकेको भए पनि आधिकारिक रुपमा जानकारी नै दिन मानेको छैन । बिहीबार साँझ उद्योगका महाप्रबन्धक गुरु प्रसाद चौधरीको प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेका छैनन् । पटक पटक फोन सम्पर्कमा गर्दा उनी यस विषयमा बोल्नै चाहेका छैनन् ।

घटना भएकै दिन पनि घटनास्थलमा सन्चारकर्मीलाई समेत जान नदिई उद्योगको मूल गेटबाटै उद्योग व्यवस्थापनले फर्काइदिएको थियो । त्यसपछि वीरगन्जमै सुविधा सम्पन्न ठूला अस्पतालहरु भए पनि घटनाको वास्तविकता बाहिर सार्वजनिक नहोस् भनेर उद्योग व्यवस्थापनले घटना भएकै दिन ६ जना मजदुरलाई उपचारका लागि भन्दै रातारात भारतको पटना लगेको थियो ।

घटना भएकै दिन वीरगन्जको अस्पतालमा उपचारत मजदुरले सन्चारकर्मीलाई उद्योगकै लापरवाहीका कारण भट्टी पड्किएर आगो लागेको रहस्य खोलेपछि त्यही दिन रातारात ती मजदुर सहित ६ जना घाइतेलाई रातारात पटना लगिएको थियो।

स्थानीय प्रशासन पनि उद्योगसँग मिलेको आशंका:
घटनाको वास्तविकता लुकाउन उद्योग व्यवस्थापनको प्रयासलाई स्थानीय प्रशासनले पनि साथ दिएको आशंका गरिएको छ । नेपाली उद्योगमा भएको घटनामा घाइते ५ जना मजदुरको एक साता पहिले नै मृत्यु भए पनि यस बारे स्थानीय प्रशासनले भने सामान्य जानकारी समेत राखेको छैन।

पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले ५ जना मजदुरको मृत्यु भएको खबर आफूले पनि सुनेको तर आधिकारिक रुपमा जानकारी आफूलाई नआएको बताए । उनले भने, ‘मैले पनि मौखिक रुपमा मात्रै सुनेको छु, आधिकारिक रुपमा कसैले मलाई जानकारी गराएको छैन, अब म यस बारेमा उद्योग व्यवस्थापनसँग बुझ्छु । भदौ १० गते उद्योगमा घटना भएपछि वीरगन्जको अस्पतालमा उपचाररत मजदुरसँग आफूले अस्पतालमै भेटेको र त्यसपछि ६ जना घाइतेलाई उपचारका लागि उद्योग व्यवस्थाप आफैँले लिएर गएको उनले बताए ।

त्यसपछि आफूले यसबारेमा अरु थप जानकारी नलिएको पनि उनले बताए । वीरगन्ज २२ जगरनाथपुर मनियारीस्थित हालै सन्चानलमा आएको सर्वोत्त्तम स्टिल उद्योगमा भदौ १० गते दिउसो उद्योगकै लापरवाहीका कारण फलाम पगाल्ने भट्टी पड्किएर आगो लाग्दा १५ जना मजदुर घाइते भएका थिए ।

तीमध्ये गम्भीर घाइते ६ जनालाई नेपालमा उपचार नगराई उद्योग व्यवस्थापनले उपचारका लागि भदौ १० गते राति नै भारत बिहारको पटना लगेको थियो । अन्य ९ जनाको भने वीरगन्जकै नारायणी बयोधा अस्पतालमा उपचार गरिएको थियो । भदौ १० गते घटना भएको दिन वीरगन्जको वयोधा अस्पतालमा उपचारत मजदुरहरुले उद्योग व्यवस्थापनकै लापरवाहीका कारण भएको घाइते मजदुरले खुलासा गरेका थिए ।

अस्पतालमा उपचाररत घाइतेमध्येका एक मजदुरका अनुसार भदौ १० गते बिलेट उत्पादनका लागि फलाम पगाल्ने भट्टामा कबाडी फलामहरु खन्याउने क्रममा एलपिजी ग्याँस सिलिण्डर पनि परेको त्यही सिलिण्डर पड्किएर विस्फोट भएको थियो । ती घाइतेले भनेका थिए, ‘भट्टामा फलामजन्य कबाडहरु हाल्ने क्रममा कबाडसँगै ग्याँसको सिलिण्डर पनि पर्यो अनि त्यही सिलिण्डर पड्किएर भट्टा विस्फोट भई आगोको लप्कामा हामी पर्यौँ ।’

कबाडी फलामबाट बिलेट उत्पादन गर्दैआएको खुलासा:
नेपालमा रहेका अरु स्टिल उद्योगले बिलेट आयात गरेर फलामको डण्डी उत्पादन गर्दैआएका छन् । तर व्यपारिक घराना सौरभ समूहले गत साउन ५ देखि सन्चालनमा ल्याएको देशकै सबै भन्दा ठूलो स्टिल उद्योग सर्वोत्तम स्टिल उद्योगले भने आफैँ बिलेट उत्पादन गरेर त्यसबाट फलामको डण्डी पनि उत्पादन गर्दैआएको छ।

उद्योग सन्चालकले फ्रेस फलाम जन्य कच्चा पदार्थबाट बिलेट उत्पादन गर्दैआएको दाबी गरेर प्रचार प्रसार गर्दैआएको छ ।तर भदौ १० गते घटना बारे सन्चारकर्मीलाई जानकारी दिने क्रममा घाइते मजदुरले उद्योगले बजारबाट संकलन गरी पुराना खिया लागेका पुराना स्क्रेप (कबाडी फलाम ) खरिद गरेर बिलेट र डण्डी उत्पादन गर्दैआएको खुलासा गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!