बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेटवर्किङ धन्दा गर्ने थप ५ कम्पनीका कागजात जफत

कारबाही नगरिदिन भन्दै वाणिज्य विभागमा सांसदहरूद्वारा पटक–पटक फोन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २४, २०७८ २१;०१ मध्यान्ह प्रकाशित
नेटवर्किङ धन्दा गर्ने थप ५ कम्पनीका कागजात जफत
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेटवर्किङ कारोबार गरिरहेका थप ५ कम्पनीको कागजात जफत गरेको छ । विभागको अनुसन्धान टोलीले बुधबार आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालि, केयर माटर्स इन्टरप्राइजेज प्रालि, यु टर्न इन्टरनेसनल प्रालि, अपि लाइफ इन्टरनेसनल प्रालि र केयर नेसन इन्टरनेसनल प्रालिको कार्यालयमा छापा मारी कागजात नियन्त्रणमा लिएको हो । कम्पनीहरूले बिक्री गरेका वस्तुको खाता, बैंक स्टेटमेन्ट, बिक्री गर्न तयार राखिएका केही नमुनासमेत जफत गरिएको विभागले जनाएको छ । यसअघि विभागले गत भदौ १७ मा नेचर हर्ब्स इन्टरनेसनल प्रालि, न्यु विवेक इन्टरप्राइजेज प्रालि, हेल्दी लिभिङ नेपाल प्रालि र ग्लोबल ओरियन्स प्रालिबाट पनि कागजात जफत गरेको थियो ।

‘इजाजत लिने क्रममा पेश गरिएका वस्तु, ती वस्तुहरूको मूल्य तल–माथि गरे/नगरेको हेर्दै छौं,’ विभागका एक अधिकारीले भने, ‘करलगायतका विषयमा पनि अध्ययन भइरहेको छ । सबै विश्लेषण गर्न दुई/तीन दिन लाग्न सक्छ ।’ तर यी कम्पनीलाई विभाग आफैंले वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन २०७४ तथा नियमावली २०७६ कार्यान्वयन गरेको भन्दै पर्याप्त अध्ययनबिनै इजाजत दिएको थियो ।

विगतमा युनिटी, हर्बो, गोल्डक्वेस्टलगायतले विभिन्न प्रकृतिका नेटवर्किङ व्यवसायका माध्यमबाट सर्वसाधारणलाई ठगी गर्दै आएका थिए । यी कम्पनीबाट ठगिएको भन्दै हजारौंले क्षतिपूर्तिवापत् ५ करोड रुपैयाँ माग्दै तत्कालीन वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा मागदाबी गरेका थिए । नेटवर्किङ कम्पनीको पुँजीभन्दा क्षतिपूर्ति मागदाबी बढी भएपछि यससम्बन्धी उजुरी नै गुपचुप पारिएको छ । फेरि तिनै कम्पनीहरूमा संलग्न व्यक्तिले नै आफ्नो वा परिवारका नामबाट नयाँ कम्पनी दर्ताको निवेदन दिएका थिए । तर त्यसको छानबिनबिनै इजाजत दिइएको यसअघि नै खुलिसकेको छ ।

इजाजत पाएका यस्ता कम्पनीमा विगतमा नेटवर्किङ धन्दामा संलग्न व्यक्ति रहेको आलोचनापछि संसदीय समितिले यसमा चासो देखाएको थियो । समितिले नियमावली संशोधनसहित १८ सुझाव सिफारिस गरेको थियो । तर इजाजत पाएका कम्पनीहरू विगतमा नेटवर्किङ धन्दामा संलग्न भए/नभएको अध्ययन भएन । पछिल्लो समय विभागको जिम्मेवारी प्रकाश पौडेलले सम्हालेपछि अनुसन्धान सुरु भएको छ । विभागका अनुसार हालसम्म कागजात जफत गरिएका ९ कम्पनीमध्ये केहीले बिक्री मूल्य उपलब्ध गराए पनि खरिद मूल्य दिएका छैनन् । ती कम्पनीहरूलाई बिहीबार उपलब्ध गराउन टेलिफोनमार्फत जानकारी गराइने विभागका एक उच्च अधिकारीले बताए । अवज्ञा गरे २/३ दिनभित्रै उपलब्ध गराउन पत्रचारसमेत गरिने उनको भनाइ छ ।

अनुसन्धान टोलीले बुधबार आइबोस ग्लोबल लाइफ इन्टरनेसनल प्रालिबाट कागजात नियन्त्रणमा लिएको हो । आइबोसमा ३ जना सञ्चालक छन् । विगतमा ग्रिन बुटी ब्रान्डको नाममा कारोबार गरेका राज दंगालले श्रीमती सरिता गुनीको नाममा आइबोस ग्लोबल इन्टरनेसनलको इजाजत लिएका छन् । दंगाल करिब ५ वर्षअघि गैरकानुनी नेटवर्किङ व्यवसायमा आवद्ध रहेको भन्दै पक्राउ परेका थिए । प्रहरी सेवाबाट अवकाश पाएपछि सञ्चालकको रुपमा हेमन्तबहादुर पाल पनि आइबोसमा देखिएका छन् । उनी पूर्वएआईजी हुन् । आइबोसका अर्का सञ्चालक श्रीबल्लभ नेपाल हुन् । उनले हर्बोमा रहँदा सबैभन्दा बढी ग्राहक ठगी गरेको स्रोतको दाबी छ ।

यसैगरी, कागजात जफत गरिएको अर्को कम्पनी केयर मार्ट्स इन्टरप्राइजेजमा ४ जना सञ्चालक छन् । जसमा पासाङ लामा, सरला लामा, दिनेशप्रसाद अधिकारी र दलबहादुर सारु छन् । सञ्चालक पासाङ लामा पुरानै कम्पनीमा काम गरिरहेका नेटवर्क लिडर हुन् । यु टर्न इन्टरनेसनल प्रालिमा सञ्चालक बलराम सुवेदी, सुवास केसी र अर्जुन गिरी छन् । ईएमआई (नेटवर्क) भनिने पुरानै कम्पनीको टिमले नै यु टर्नको नाममा नयाँ कम्पनी दर्ता गरेको हो । अपि लाइफ इन्टरनेसनल प्रालिका सञ्चालकमा रामबहादुर बिसी, उपबहादुर पाइजा पुन, लेपबहादुर पुर्जा पुन र सन्देश खड्का छन् ।

केयर नेसन इन्टरनेसनल प्रालिबाट पनि केही कागजात जफत गरिएको छ । जसका सञ्चालक बिनिता गुरुङ, रुद्रबहादुर न्यौपाने, फणीराज लोहनी, कैरव अधिकारी, खगेन्द्र दाहाल र विष्णुप्रसाद काफ्ले हुन् । स्रोतका अनुसार लोहनी युनिटीमा लिडर थिए । ‘प्रारम्भिक अनुसन्धानमा यी कम्पनीहरूमा राजनीतिक नेतादेखि प्रहरी र प्रशासनका पूर्वअधिकारी समेत रहेको पाइएको छ । अनुसन्धानमा सांसदहरूले समेत चासो दिएका छन् । यसरी कारबाही गरिदिनु भएन भन्दै बारम्बार फोनसमेत गरिरहेका छन्,’ विभागका एक उच्च अधिकारीले भने, ‘केही कम्पनीहरूले ऐनविपरीत काम गरेका छन् । प्रज्ञापनपत्र र सामग्रीको मूल्य हेर्दा कालोबजारी ऐन आकर्षित हुन्छ ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!