बैदेशिक पोष्ट
२०८३ बैशाख ३, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चोभार बन्दरगाह सञ्चालन तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २४, २०७८ २१;४० मध्यान्ह प्रकाशित
चोभार बन्दरगाह सञ्चालन तयारी
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : काठमाडौंको चोभारमा निर्माण सम्पन्न भएको अत्याधुनिक सुक्खा बन्दरगाह (ड्राइपोर्ट) छिट्टै सञ्चालन हुने भएको छ। कोरोना संक्रमण र लकडाउनको असहज परिस्थितिमा पनि बन्दरगाहको निर्माण अघि बढेको थियो। इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल आन्तरिक सजावट र व्यवस्थापनको काम सकिएपछि छिट्टै सञ्चालनमा आउने बताउँछन्। ‘भौतिक संरचना तयार भइसकेको छ। अहिले सरसफाइ, रङरोगन, आन्तरिक सजावट र व्यवस्थापनको काम भइरहेको छ। यो छिट्टै सकिनेछ,’ उनले भने।

कोरोना संक्रमणको महामारी र त्यसको रोकथाम गर्न लागू गरिएको लकडाउनले निर्माण अन्योलमा पर्ने आशंका गरिएको थियो। तर यो असहज अवस्थालाई पनि अवसरको रूपमा उपयोग गरेर निर्माण सम्पन्‍न गरेको गजुरेल बताउँछन्। उनी भन्छन्, ‘हामीले कोरोनालाई बहानाभन्दा पनि एउटा अवसरका रूपमा उपयोग गर्‍र्यौं। स्वास्थ्य सुरक्षा र सावधानीका मापदण्ड र उपाय अपनाएर कोरोनाकालमा पनि धमाधम काम गरिरहेकोले यो सम्भव भएको हो ।’ बन्दरगाहलाई तीन भागमा तयार गरिएको छ। तीन मुख्य डिपार्ट तथा भवन निर्माण गरिएको छ। एउटा डिपार्ट भन्सारका लागि छुट्ट्याइएको छ। अर्को डिपार्ट क्वारेन्टाइन र अर्को एउटा प्रशासनिक भवनका लागि व्यवस्था गरिएको छ।

बन्दरगाह हाताभित्र छिर्न फेरि तीनवटै मुख्य गेट निर्माण गरिएको छ। परिसरभित्र र आसपासको क्षेत्रमा रूखबिरुवा लगाउने काम अहिले धमाधम भइरहेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले यो बन्दरगाह निर्माण गरेको हो। यो बन्दरगाहको योजना करिब २०१० मै तयार भएको थियो। निर्माणको काम २०१८ अगस्टदेखि सुरु भएको थियो। सुरुमा विश्व बैंकले १ अर्ब ६० करोड रुपैयाँ ऋण सहयोग गरेको थियो। आयोजना सम्पन्‍न हुँदा लागत केही बढेको छ। यो बन्दरगाह निर्माणको ठेक्का शान्ति आशिष जेभीले जिम्मा पाएको हो।

बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौंमै भन्सार जाँचपासको काम सुरु हुनेछ। बन्दरगाहमै अध्यागमन, भन्सार, बैंक तथा वित्तीय संस्था, क्वारेन्टाइनलगायतका अत्याधुनिक कार्यालय रहनेछन्। बाहिरी मुलुकबाट काठमाडौंमा आयात हुने र यहाँबाट निर्यात हुने मालसामानलाई एकीकृत सेवा दिने गरी यो बन्दरगाह बनाउन लागिएको हो। यो बनेपछि सामान आयात–निर्यातमा सहज हुने कार्यकारी निर्देशक गजुरेल बताउँछन्। यहाँ चार लेयरमा कन्टेनर राख्न सक्ने गरी आधुनिक प्रविधिसहितको बन्दरगाह निर्माण गरिँदै छ।

कोलकाता, विशाखापटनम् र चीनको समुद्री बन्दरगाहबाट सामान बोकेर आएका कन्टेनर सीधै यहाँ आएर जाँचपास गर्न सकिने व्यवस्था गर्न लागिएको छ। यसका लागि सीमा नाकामा प्रवेश गरेपछि कन्टेनरमा सरकारले विशेष ‘ताल्चा’ लगाउनेछ। अहिले भन्सार जाँचपासको काम सीमा नाकामा रहेका भन्सार कार्यालय र बन्दरगाहले मात्रै गर्दै आएका छन्। नेपालबाट निर्यात हुने सामानको जाँचपास पनि यही बन्दरगाहबाट गर्न सकिने व्यवस्था मिलाउन लागिएको छ।

यो बन्दरगाहमा ३ सय ५० ट्रक र ६ सय वटा कन्टेनर अट्ने क्षमता छ। यो बन्दरगाह निर्माणपछि सामान आयातनिर्यात गर्न लाग्ने लागत र समय घट्नेछ। बाहिरी चक्रपथ पनि बन्दरगाह बन्दै गरेको चोभारसँग जोड्ने योजना छ। काठमाडौं–निजगढ जोड्ने द्रुतमार्गलाई पनि यहाँ लिंक गरिनेछ। चीन र भारतबाट आउने रेललाई पनि यो पोर्टसँग जोड्ने सरकारको योजना छ। बन्दरगाह निर्माणपछि चोभार काठमाडौंको महŒवपूर्ण हब बन्‍ने विश्‍वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!