बैदेशिक पोष्ट
२०८२ जेष्ठ ४, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निजी आवास पुनर्निर्माणमा २० अर्ब खर्च

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २५, २०७८ ११;०६ बिहान प्रकाशित
निजी आवास पुनर्निर्माणमा २० अर्ब खर्च
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

गोरखा — भूकम्पपछिको निजी अवास पुनर्निर्माणको ६ वर्षमा यस जिल्लामा २० अर्ब ८ करोड ३७ लाख ५० हजार रुपैयाँ खर्च भएको छ । भूकम्पले भत्काएका घर पुनर्निर्माण, प्रबलीकरण (मर्मत) तथा जोखिम बस्ती र भूमिहीनलाई जग्गा खरिदका लागि उक्त रकम खर्च भएको हो । जोखिम बस्ती र भूमिहीनलाई जग्गा खरिदका लागि मात्र ६ करोड ९८ लाख रुपैयाँ खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार) कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले बताए । पुनर्निर्माण लाभग्राहीले अनुदान सम्झौतापछि ५० हजार, जग निर्माणपछि दोस्रो किस्तामा डेढ लाख र घर निर्माण सम्पन्नपछि एक लाख रुपैयाँ पाउने प्रावधान छ ।

जिल्लामा ७० हजार ४ सय ७७ पुनर्निर्माण र २ हजार ३ सय ९४ गरी ७२ हजार ८ सय ७१ लाभग्राही पहिचान भएका थिए । यीमध्ये घर निर्माण सकेका ६४ हजार ४ सय ७० लाभग्राहीलाई तेस्रो किस्ता रकम निकासा भइसकेको छ । प्रबलीकरणतर्फका लाभग्राहीलाई दुई किस्तामा अनुदान उपलब्ध गराउने प्रावधान छ । यस्ता लाभग्राहीले दुई किस्तामा ५०/५० हजार रुपैयाँ अनुदान पाउँछन् । तर प्रबलीकरणका २ हजार ३ सय ९४ लाभग्राहीमध्ये १ हजार ५ सय ५० जनाले अनुदान सम्झौता गरी पहिलो किस्ता लगे पनि दोस्रो किस्ता भने ५६ जनाले मात्र लगेका छन् । ‘प्रबलीकरणका ३ हजार लाभग्राही पुनर्निर्माणमा परिवर्तन भइसके,’ आचार्यले भने, ‘अझै पनि धेरैजसोको पुनर्निर्माणमा परिवर्तन हुने चाहना छ ।’ ढुंगामाटोले बनेको घर मर्मत गरेर बस्न नसकिने भन्दै प्रबलीकरणका लाभग्राहीले पुनर्निर्माणको लाभग्राहीमा परिवर्तनका लागि माग राख्दै आएका छन् ।

जिल्लाभरका जोखिम बस्तीका ११ सय ४४ लाभग्राही पहिचान भएका थिए । तीमध्ये ६ सय १२ जना एकीकृत बस्तीमा स्थानान्तरण भएका छन् । ३ सय ६३ जोखिम र १ सय ३६ भूमिहीन बस्तीका भूकम्पपीडितको जग्गा खरिद भएको आचार्यले बताए । यस्ता लाभग्राहीलाई जग्गा खरिदका लागि बढीमा दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रावधान छ । त्यस्तै ४ सय ५८ ले २ करोड ४४ लाख १८ हजार ६ सय ५ रुपैयाँ अनुदान फिर्ता गरेको आचार्यले बताए । केही लाभग्राहीको अन्यत्र घर हुँदा सम्झौतामा चासो नदिएको उनले बताए । कतिपयको पारिवारिक सम्बन्धमा पैदा भएका दरारका कारण घर निर्माण गर्न नसक्नु पुनर्निर्माणको क्रममा चुनौती देखिएको बताइन्छ ।

आचार्यका अनुसार शारीरिक रूपमा अपांगता भई निर्माण कार्य अघि बढाउन नसकेका लाभग्राही पनि छन् । ‘अनुदान सम्झौताका आधारमा हालसम्म ९४ प्रतिशत पुनर्निर्माण सकियो,’ आचार्यले भने, ‘केही घर बीचमै काम छाडेर अलपत्र परेका पनि छन् ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!