काठमाडौं, बीएस ६ भर्सनमा टीभीएस अपाचे आरटीआर २०० फोरभी नेपाली बजारमा सार्वजनिक भएको छ । टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्स प्रालिले नयाँ टीभीएस अपाचे आरटीआर २०० फोरभीको बीएस ६ भर्सन सार्वजनिक गरेको हो । बाइकमा सेग्मेन्टकै पहिलो तीनवटा राइड मोड फिचर्स उपलब्ध गराइएको छ । यसमा उपलब्ध गराइएको स्पोर्ट,अर्बान र रेन मोडमा राइडरले आफ्नो आवश्यकता अनुसार बाइकलाई कुदाउन सक्ने कम्पनीले जनाएको छ ।
बाइकमा रेस ट्युन फ्युल इन्जेक्सन प्रविधि उपलब्ध गराइएको छ । सिंगल च्यानल एबीएसले यसको ब्रेकिङ प्रणालीमा सुधार ल्याएको छ । एड्जस्टेबल सस्पेन्सन, स्मार्ट केनक्ट फिचर्स र आरटी स्लिपर क्लच जस्ता अत्याधुनिक र सुविधा सम्पन्न फिचर्स आरटीआर अपाचे फोरभीमा दिइएको छ ।
२ सय सीसी क्षमताको यो बाइकलाई स्पोर्ट मोडमा कुदाउँदा २०.२२ पीएस र अर्बान अर्थात रेन मोडमा कुदाउँदा १७.३२ पीएस पावर दिन्छ । त्यसैगरी यसको अधिकतम टर्क समेत राइडिङ मोड अनुसार फरक छ ।
१७.२५ एनएम टर्क जेनेरेट गर्ने यो बाइकलाई अर्बान र रेड मोडमा कुदाउँदा भने १६.५१ एनएम टर्क जेनेरेट गर्छ । यो बाइकलाई स्पोर्ट मोडमा अधिकतम १२७ किलोमिटर प्रतिघन्टा र अर्बान अर्थात रेन मोडमा १०५ किलोमिटर प्रतिघन्टाको उच्चतम गतिमा हाँक्न सकिन्छ । नेपाली बजारमा यो बाइकको मूल्य ३ लाख ८४ हजार तोकिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-