बैदेशिक पोष्ट
२०८२ फाल्गुन २५, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सेयर बजार समीक्षाः साताभर ५१ अंक घट्यो, के अझै घट्ला?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ २५, २०७८ १४;३६ मध्यान्ह प्रकाशित
सेयर बजारमा तीव्र उतारचढाव, किन?
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

यो साता सेयर बजार ५१ अंकले घटेको छ। गत साता २९२७ अंक कायम गरेर बन्द भएको सेयर बजार यो साता २८७६ अंकमा बन्द भएको छ। विगत तीन साता यता सेयर बजारको परिसूचक निरन्तर घट्दै गएको छ। भदौ २ गते ३१९८ अंकको उच्च रेकर्ड बनाएको परिसूचक त्यसयता ३२२ अंक अर्थात ११.२ प्रतिशत घटिसकेको छ। गतेयता कारोबार भएका दिनमा ३ दिन बजार बढेको छ भने १० दिन घटेको छ। जसले गर्दा बजार ‘बियरिस ट्रेन्ड’मा गएको संकेत देखाएको छ। कारोबार रकम पनि पछिल्ला दिनमा घट्दै गएको छ भदौ ३ गते साढे २० अर्ब रुपैयाँको सेयर किनबेच भएकोमा पछिल्ला दिनमा ७ अर्बमा खुम्चिन थालेको छ। बजारसँगै कारोबार रकम घट्दै जानुले दुई वटा संकेत गर्छ। एक, बजार घट्दा पनि सेयर किन्नेहरु सक्रिय हुन नसक्नु र घटेका बेला बेच्नेहरु नआत्तिनु।

यो साता जलविद्युत समूह जम्मा २४ अंकले बढ्यो। सो समूह गत साता निकै नै घटेकाले यो साता सम्हालिएको छ। सोबाहेक अरु सबै समूह घटेका छन्। बैंकिङ समूह ३२, विकास बैंक १३७, फाइनान्स १६६, अन्य समूह ४ अंकले घटेका छन्। त्यस्तै ब्यापार समूह २२०, होटल १४८, माइक्रोफाइनान्स १५५, उत्पादन १०७, जीवन बीमा ४१३ र निर्जीवन बीमा समूह ५०१ अंकले घटेका छन्। यो साताभर कारोबार भएका सबै दिनमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर १० प्रतिशतका दरले बढेको छ। हालै बजारमा सूचीकृत कम्पनी भएकाले यसको मूल्य १० प्रतिशतका दरले बढेको छ। हिजो बिहीबारसम्म यसको मूल्य प्रतिकित्ता ५४७ रुपैयाँ कायम भएको छ।

के अझै घट्ला?
यो पटकको ‘बुलिस ट्रेन्ड’मा भदौ २ को अंक नै उच्चतम विन्दु हुने अनुमान छ। सामान्यतः उच्चतम अंकबाट १० प्रतिशतभन्दा धेरैले बजार घटेमा ‘बियरिस ट्रेन्ड’को संकेतका रुपमा बुझ्ने गरिन्छ। केही लगानीकर्ता बजारले बियरिस ट्रेन्डको संकेत देखाएको बताउँछन् भने केहीले करेक्सन भएको दावी गर्छन्। लगानीकर्ता पिताम्बर खरेल भन्छन् ‘बजार घट्नुमा कारण एउटा मात्रै नभई धेरै हुन सक्छन्, तर बजारले अब बियरिस ट्रेन्ड समातेको संकेत देखाएको छ।’ सेयर धितोमा १२ करोडको सीमा, ब्याजदर, तरलताको अवस्था, बढ्दो आयात, कोरोना नियन्त्रण र अरु व्यवसाय खुल्दै जानु लगायतका विषयले अब बजारलाई तत्काल समर्थन नगर्ने उनको अनुमान छ।

इतिहास हेर्दा सेयर बजार प्रायः साउन/भदौमै नयाँ अंकको रेकर्ड बन्ने गरेको पाइन्छ। यसअघि २०७३ साउन १२ गते सेयर बजारको परिसूचक नेप्सेले १८८१ अंकको उच्च रेकर्ड बनाएको थियो। त्यसपछि ‘बियरिस ट्रेण्ड’ समाउँदै बजार २०७५ माघ २८ गते ११२९ अंकसम्म झर्यो। त्यहीं वर्षको अन्त्यदेखि ‘बुलिस ट्रेन्ड’ थालेको बजारले दुई साताअघि मात्रै, भदौ २ गते नयाँ कीर्तिमानी ३१९८ अंक कायम गरेको हो। सेयर बजारलाई प्राविधिक रुपमा विश्लेषण समेत गर्दै आएका राजु मुनिकार अहिले बजार करेक्सन मात्रै भएको बताउँछन्। यद्यपि यो करेक्सन २–३ महिनासम्म पनि जान सक्ने उनी औंल्याउँछन्।

राष्ट्र बैंकले एक व्यक्ति वा परिवारले सेयर खरिदका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाहरुबाट १२ करोडभन्दा बढी ऋण नपाउने व्यवस्था गरेको छ। त्यहीं व्यवस्थाकै कारण अहिले बजारमा असर परिरहेको बताउँछन् सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष ताराप्रसाद फुल्लेल। आफ्नो सम्पत्ति धितो राखेर लगानीकर्ताले बैधानिक जुनसुकै व्यवसाय गर्न पाउनुपर्नेमा राष्ट्र बैंकले अंकुश लगाएको उनी बताउँछन्।

उनले भने ‘राष्ट्र बैंकको यो व्यवस्था गलत छ, यसलाई सच्याउनुपर्छ, हाम्रो सम्पत्तिको अधिकारमा बन्देज लाग्यो।’ यदि एक व्यक्ति वा परिवारले बैंक तथा वित्तीय संस्थाबाट सेयरमै लगानीका लागि सेयर धितो राखेर १२ करोड भन्दा बढी ऋण लिएको अवस्थामा एक वर्षभित्र सीमामा ल्याइसक्नुपर्नेछ।

यहीं व्यवस्थाका कारण अहिले ठूला लगानीकर्ता सक्रिय हुन सकेका छैनन्। बरु ऋण भएका लगानीकर्ता सेयर बेचेर सीमामा ल्याउने तयारीमा छन्। तसर्थ बजार अझै घट्न सक्ने वा ‘साइडवेज’मा जान सक्ने संकेत देखिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!