काठमाडौँ — कोभिड-१९ को संक्रमण बढ्न सक्ने भन्दै भारत र इंग्ल्यान्डबीचको पाँचौ तथा अन्तिम टेस्ट म्याच रद्द भएको छ । भारतीय क्रिकेट टोलीका केही सदस्य कोरोनाबाट संक्रमित भएपछि खेल स्थगित गरिएको हो ।
क्याम्पभित्रै कोरोना संक्रमितको थप संख्या बढ्न सक्ने देखिएपछि भारत आफ्नो टिम मैदानमा उतार्न नसक्ने भएको छ । बेलायती क्रिकेट बोर्डले भनेको छ यो समाचारका लागि हामी हाम्रो समर्थक तथा साझेदारहरुसँग माफी माग्न चाहन्छौं । यसका कारण धेरैमा निरासा तथा असुविधा उत्पन्न भएको छ । भारतका फिजियोथेरापिस्ट युगेश परमरमा बुधबार कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो ।
त्यसपछि भारतीय क्रिकेट नियन्त्रण बोर्ड तथा इंग्लिस किक्रेट बोर्डबीच सघन छलफल भएको क्रिकइन्फोले जनाएको छ । बिहीबार भारतीय क्रिकेट टोलीको पिसिआर टेस्ट गर्दा नेगेटिभ आएको थियो । पाँच टेस्टको शृङ्खलामा भारत २-१ ले अघि रहेको छ । पहिलो टेस्ट ड्र भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-