काठमाडौं । सरकारले ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा कार्यक्रमलाई विस्तार गर्ने भएको छ । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक संसद्मा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले विना धितोको ब्याज अनुदानको समहुलियतपूर्ण कर्जामा विस्तार गर्दै युवाहरूलाई सिप तथा उद्यमशीलता तालिममा प्राथमिकता दिएर वाणिज्य बैंकका शाखालाई प्रत्यक पालिकामा कम्तीमा ५०० बेरोजगार युवालाई सहुलियत कर्जा दिएर स्वारोजगार बनाउने अर्थमन्त्री शमाले बताए ।
सरकारले चालु आर्थिक वर्षमा प्रत्यक वडामा ‘महिला पहिला’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। प्रतिनिधिसभाको बैठकमा बजेट सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो घोषणा गरेका हुन्। प्रत्येक वडामा महिला नेतृत्व विकास संयन्त्र स्थापित गरी महिलाको क्षमता अभिवृद्धि गरिने छ,’ उनले भने, ‘आर्थिक र समाजिक रुपले सक्षम तुल्याउन महिलाहरुलाई प्राथमिकता दिने गरी ‘महिला पहिला’ कार्यक्रम सञ्चालन गरिने छ। त्यस्तै, दलित जनजाति भूमिहीनको सुविधाका लागि एकीकृत कार्यक्रम सञ्चालन गर्नेसमेत विधेयकमा उल्लेख छ।
प्रतिक्रिया लेख्नुहोस्:-