काठमाडौं । सरकारले क्यान्सर, मिर्गौलासम्बन्धि गम्भीर रोग भएका र गम्भीर मेरूदण्ड पक्षघात भएका बिरामीलाई मासिक ५ हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको छ । आजको संसद बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत् गर्दै अर्थमन्त्री जनार्दन शर्माले यी तीन प्रकारका गम्भीर रोगका बिरामीलाई मासिक ५ हजार भत्ता उपलब्ध गराउने घोषणा गरेका हुन् ।
साथै सरकारले कोरोनाविरूद्ध खोप खरिदका लागि थप पाँच अर्ब विनियोजन गरेको छ। शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट संशोधन गर्न संघीय संसद्मा प्रतिस्थापन विधेयक संसदमा पेस गर्दै शर्माले प्रतिस्थापन बैठक, इन्धनलगायतका भत्ता कटौती गर्दै कोरोना खोप खरिद गर्न ५ अर्ब बिनियोजन गरेको बताए। उनले संसद्मा प्रतिस्थापन विधेयक पेस गरिरहँदा एमाले सांसदहरुले भने नाराबाजी गरिरहेका छन्।
प्रतिक्रिया लेख्नुहोस्:-