काठमाडौँ — सरकारले चालु आर्थिक वर्ष ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिइएको बताए । ‘चैतभित्र कोभिड १९ विरुद्धको खोप सबैले पाउँछन् । त्यसपछि आर्थिक गतिविधि हुन गई यो वर्ष आर्थिक वृद्धिदर ७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छु,’ उनले भने । मन्त्री शर्माले मुद्रास्फीति दर ६.५ प्रतिशतमा सीमित हुने अनुमान गरे ।
सरकारले कृषि तथा पशुपन्छी बिमाको अनुदान बढाएको छ । यसअघि ५० प्रतिशत रहेको कृषि तथा पशुपन्छी बिमाको प्रिमियम ८० प्रतिशत पुर्याइने अर्थमन्त्री जनार्दन शमाले बताए । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री शर्माले उक्त घोषणा गरेका हुन् ।
सरकारले कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारीक एवम् असंगठित क्षेत्रका गरिब र विपन्न करिब ५ लाख परिवालाई राहत स्वरूप एकपटकका लागि १० हजार दिने घाषणा गरेको छ । बजेटसम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयकमार्फत अर्थमन्त्री जनार्दन शर्माले उक्त घोषणा गरेका हुन् । निश्चित मापदण्डका आधारमा सरकाले उक्र सहयोग नगद अनुदानको रूपमा दिने उनले बताए । उक्त अनुदान स्थानीय तहको समन्वयनमा २०७८ असोज मसान्तभित्रै प्रदान हुने उनले बताए ।

प्रतिक्रिया लेख्नुहोस्:-