काठमाडौं, दुबईले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । दुबईको एक कम्पनीले २५० जना पुरुष र १५० जना महिला गरी ४०० जना नेपाली कामदारको माग भएको हो । दुबई शहरको EMIRATES FACILITIES MANAGEMAENT LLC नामक कम्पनीले उक्त संख्या बराबरको कामदार माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले तलब खान बस्ने सहित २८ हजार माथि सम्म पाउनेछन् । इच्छुक कामदारले शिवाकोटी मेनपावर सर्भिस प्रा.लि. सामाखुसी,काठमाडौंमा असोज १ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, स्वदेशमा हुने मेडिकलको खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदारले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च, हवाइ टिकट र भिसा शुल्क रोजगारदाता कम्पनीले बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-