क्वालालम्पुर (मलेसिया):= वैदेशिक रोजगारीको निम्ति मलेसियाको एक म्यानुफ्याक्चरिङ कम्पनीमा काम गर्दै आएका एक नेपाली श्रमिकको हिजो शुक्रवारको दिन मृत्यु भएको छ। गरिबीको चपेटामा परेकाले केहि धन कमाउछु र आफ्नो परिवारलाई सुख दिन्छु । बालबच्चाहरूलाई राम्ररी पढाउछु भन्ने आस मनमा लिएर आज भन्दा बिगत ८ बर्ष पहिले मलेसियाको जोहोरबारु बातुपहात भन्ने ठाउँमा अवस्थित सङ्ग लिन गार्मेन्ट ओरेन्ज एसडिएन बिएचडी (Song Lin Garment (Orange) Sdn. Bhd.) नामक कम्पनीमा काम गर्न आएका नेपाली श्रमिक प्रमोद शर्माको मिति सन् २०२१/०९/१० तारिख शुक्रवारको दिन मृत्यु भएको सोही कम्पनीमा कार्यरत सहकर्मी महेन्द्र केरुङ लिम्बू ले जानकारी दिनुभयो।
नेपाल ठेगाना दाङ जिल्ला राप्ती नगरपालिका निवासी ३२ बर्षिय श्रमिक प्रमोद शर्मा मृत्यु हुनुभन्दा केहिदिन पहिलेदेखिनै स्थानीय सरकारी अस्पतालमा भर्ना भैई उपचार गराईराखेका थिए , तर अस्पतालमा उपचाररत रहेकै बेला प्रमोदको मृत्यु भएको जानकारी प्राप्त भएको छ। अस्पतालको डाक्टरले बताए अनुसार प्रमोदको दुबै मृगौला खराब भैइसकेको (ड्यामेज) भैइसकेको कारणले मृत्यु भएको जनाइएको छ। हाल थप पोस्टमार्टमको लागी मृतक प्रमोदको शवलाई अस्पतालमै राखिएको छ।
पोस्टमार्टम सकिएपछि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरेर मृतकको शवलाई अन्तिम दाहसंस्कार गर्नको लागी नेपाल फर्काउने र परिवारको जिम्मा लगाउने तयारी भैइरहेको कम्पनी स्रोतले जानकारी दिएका छ्न्। मृतक प्रमोदको घरमा वृद्ध आमाबुबा संगै श्रिमति र एक दस बर्षका छोरा र एक दुईबर्षिया छोरी रहेका छ्न।
प्रतिक्रिया लेख्नुहोस्:-