बैदेशिक पोष्ट
२०८२ चैत्र ३०, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कमाउन मलेसिया गएका जबर शव बनेर फर्किए, गणेश अस्तु

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २६, २०७८ २१;२४ मध्यान्ह प्रकाशित
कमाउन मलेसिया गएका जबर शव बनेर फर्किए, गणेश अस्तु
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

भोजपुरका ३८ वर्षीय जबर राई रोजगारीका लागि मलेसिया पुगेको १२ वर्ष भएको थियो। यही भदौ १२ गते उनको मृत्युको खबर आयो। उनका आफन्तका अनुसार भदौ ११ गते उनको सडक दुर्घटनामा परेर मृत्यु भएको हो। दिउँसोतिर फोन आएको थियो। दुर्घटनामा परेर जबरको मृत्यु भयो भनेर बाबुका साथीहरूले सुनाएका थिए, शव बुझ्न शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेकी जबरकी भाउजु उत्तरकुमारी राईले सुनाइन्। त्योभन्दा अगाडिसम्म कुराकानी भइरहेकै थियो। केही भएको थिएन। लेखेको त्यति रैछ, जबरका दाइ नयन राईले भावुक हुँदै भने।

बुटवलकी राधा ज्ञवाली आफ्ना श्रीमानको अस्तु अँगालोमा च्यापेर विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल अगाडि आँसु पुछ्दै हिँडिरहेकी थिइन्। रोजगारीका लागि मलेसिया पुगेका उनका श्रीमान गणेश ज्ञवालीको कोभिड–१९ संक्रमणका कारण ज्यान गएको हो। उनी विगत आठ वर्षदेखि मलेसियामा कार्यरत थिए। छिट्टै फर्कन्छु भन्नुहुन्थ्यो। यस्तो भएर फर्कनु भयो,’ अस्तुको कार्टुन सुम्सुम्याउँदै उनले भनिन्। यतिकैमा उनको गला अवरूद्ध भयो। अर्कोतिर फर्किएर उनी रुन थालिन्। धनकुटाका शिवकुमार तामाङ पनि शनिबार बाकसमा फर्किए। प्लाष्टिक कम्पनीमा मजदुरी गर्दै आएका उनको हृदयघातका कारण मृत्यु भएको हो।

मसँग त कुरा भएको थिएन। घरमा कुरा हुँदा जिउ भारी भएको छ। रिँगाटा चलेको छ भन्थ्यो रे,’ शिवकुमारका दाइ कृष्ण तामाङले सुनाए। शनिबार (आज) रोजगारीका लागि मलेसिया गएर विभिन्न कारणले ज्यान गुमाएका १७ जना नेपाली युवाहरूको शव तथा अस्तु आइपुगेको छ। नेपाल एयरलाइन्सको आरए ४१६०५–०७३५ उडानबाट शव तथा अस्तु ल्याइएको हो। जसमा छ जनाको शव आएको छ भने ११ जनाको अस्तु ल्याइएको छ।

उद्धवबहादुर बस्नेत, राकेश कुमार यादव, गोपालसिंह बस्नेत, जबर बहादुर राई, शिवकुमार तामाङ, ओमप्रकाश पुनमगरको शव ल्याइएको हो भने गणेश ज्ञवाली, टिकाराम भट्टराई, नरबहादुर कार्की, मेखबहादुर गुरुङ, रामबाबु पण्डित, राजेन्द्र लिम्बू, महेश्वर राय यादव, तुलबहादुर खङ्गाह, खुमबहादुर राना, रामबहादुर धिमाल, ललित महरा गरी ११ जनाको अस्तु ल्याइएको हो।

कोभिडका कारण विदेशमा ज्यान गुमाउनेहरूको शव सम्बन्धित मुलुकले नै व्यवस्थापन गर्ने भएकाले उनीहरूको हकमा आफन्तहरूले अस्तु बुझ्दै आएका छन्। मलेसिया नेपालीहरूका लागि आकर्षक रोजगारीको गन्तव्य मानिन्छ। हाल मलेसियामा करिब तीन लाख नेपालीहरू कार्यरत रहेको अनुमान छ। रोजगारीका पुगेकाहरू शव बनेर फर्कनेहरूको संख्या पनि निकै ठूलो छ।

वैदेशिक रोजगार बोर्डको तथ्यांक हेर्दा पनि मलेसियामा सबभन्दा धेरै नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। बोर्डको एक दशक स्मारिकामा उल्लेख गरिएको तथ्यांक हेर्दा १० वर्षको अवधिमा मलेसियामा दुई हजार चार सय ९६ नेपालीले ज्यान गुमाएको देखिन्छ। पछिल्लो समय यो संख्या झन् बढ्दै गइरहेको छ।

गैरआवासीय नेपाली संघ मलेसियाका निवर्तमान अध्यक्ष हरिप्रसाद भट्टराईका अनुसार मलेसियामा कोभिडका कारण मात्रै एक सय बढी नेपालीहरूले ज्यान गुमाएका छन्। हार्टअट्याक, दुर्घटनालगायत विभिन्न कारणले नेपालीहरूले ज्यान गुमाउने गरेका छन्। कतिपय अवस्थामा मृत्युको कारण नै नखुल्ने पाइएको छ। त्यस्तो अवस्थामा अज्ञात वा प्राकृतिक कारण देखाउने गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!