बैदेशिक पोष्ट
२०८२ जेष्ठ १०, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बहराइनमा श्रमिक हड्ताल प्रकरण : काममा नफर्किएको भन्दै नेपाली श्रमिकमाथि कुटपिट

बहराइन सरकारलाई ध्यानाकर्षण जनाएका छौं : नेपाली दूतावास

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २६, २०७८ २१;३० मध्यान्ह प्रकाशित
बहराइनमा आन्दोलनरत श्रमिकलाई चित्त बुझाउन नसके फिर्ता पठाउँछौं : बहराइन सरकार
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — बहराइनमा आन्दोनरत नेपालीसहित आप्रवासी श्रमिकहरु काममा नफर्किएको भन्दै कम्पनीको व्यवस्थापन पक्षले उनीहरुमाथि कुटपिट गरेको छ । नासिर सिड अलहाजरी कार्पोरेशनको व्यवस्थापन पक्षले कोठाभित्र बसिरहेका बेला आफूहरुमाथि आक्रमण भएको त्यहाँ कार्यरत नेपाली श्रमिकहरुले बताएका छन् । बहराइन सरकारको बाप्को प्रोजेक्ट (प्रमुख ग्यास—तेल प्रशोधन केन्द्र) निर्माणमा संलग्न श्रमिकहरु सुरक्षा माग गर्दै गत मंगलबारदेखि आन्दोलनमा थिए ।

‘बहराइन सरकारको श्रम, स्वास्थ्य, आन्तरिक मन्त्रालय, कम्पनी र दूतावासको प्रतिनिधिबीच छलफल भएको थियो । छलफलमा स्वदेश फिर्न चाहनेलाई पठाइदिने र काम गर्नेहरु ड्यूटीमा जाने सहमति भएको थियो’, एक श्रमिकले कान्तिपुरलाई भने, ‘शनिबार ड्यूटीमा जानेहरु गेटबाट बाहिर निस्के । नजानेहरु कोठामा नै बसेका थिए । ड्यूटीमा जानेहरु गेटबाट बाहिर निस्कनसाथ केही व्यक्तिहरु भित्र छिरेर हामीमाथि कुटपिट गर्न थाले ।’

कुटपिटमा घाइते भएका केही श्रमिकलाई एम्बुलेन्समा राखेर अस्पताल लगिएको छ । बहराइन सरकारले शुक्रबार नेपाली दूतावासलाई श्रमिकको चित्त बुझाउन नसके घर पठाइदिन सहजीकरण गर्ने जानकारी गराएको थियो । नेपालीसहितको विदेशी श्रमिकको चित्त बुझाउन नसकेमा फिर्ता पठाउन सहजीकरण गर्ने जनाएको छ ।

बाप्को प्रोजेक्टमा कार्यरत श्रमिकहरुले सुरक्षा, स्वस्थकर खाना दिनुपर्ने माग राख्दै ड्यूटी छाडेर नोगा क्याम्पमा बसेका छन् । जसमा झन्डै ७ सय नेपाली छन् । नेपालीबाहेक भारतीय कामदारहरु पनि छन् । श्रमिकमाथि कुटपिट भएको घटनापछि दूतावासले बहराइनको श्रम मन्त्रालयको गम्भीररुपमा ध्यानाकर्षण जनाएको छ । श्रम मन्त्रालयले श्रमिकका वैधानिक मागहरु पूरा गर्न पुनः विश्वास दिलाएको दूतावासले जनाएको छ ।

‘श्रम मन्त्रालयले हामीलाई श्रमिकका वैधानिक मागहरु पूरा गर्ने पुनः विश्वास दिलाएको छ’, बहराइनका लागि कार्यवाहक राजदूत अरुणा घिसिङले कान्तिपुरलाई भनिन्, ‘समस्यालाई समाधान गर्न पटक–पटक छलफलहरु भइरहेको छ ।’ श्रमिकहरुले भने आफूहरु स्वदेश नै फर्किन तयार भएको बताएका छन् । क्याम्पमा असुरक्षा बढेको भन्दै श्रमिकहरुले क्याम्पको कोठा छाडेर आफ्नो लगेजसहित दूतावास जान बाहिरिन थालेका थिए । दूतावासले समस्या समाधान गर्न प्रयास भइरहेको बताएपछि उनीहरु क्याम्पमै बसिरहेका छन् ।

काठमाडौंको एसओएस म्यानपावरले त्यस कम्पनीमा नेपाली श्रमिक पठाएको हो । त्यहाँ कार्यरत नेपाली श्रमिकहरुका अनुसार एसओएसले उनीहरुबाट एकलाखदेखि एकलाख ५० हजार रुपैयाँसम्म लिएको थियो । गत मंगलबार कामबाट फर्केर मेसमा खाना खानेक्रममा ढल्न पुगेका एक श्रमिकको समयमा नै उपचार नहुँदा ज्यान गएपछि श्रमिकहरु आक्रोशित भई आन्दोलन थालेका हुन् । प्रोजेक्टमा कार्यरत भारतीय र नेपाली श्रमिकहरुले कम्पनीको लापरबाहीबाट एक महिनामै २० जना श्रमिकहरुको मृत्यु भइसकेको दाबी गरेका छन् । बिहीबार पनि एक श्रमिकको मृत्यु भएको थियो ।

उनीहरुले ग्यास—तेल प्रशोधन केन्द्रको बीचमा क्याम्प राखिएकोले आफ्नो स्वास्थ्यमा गम्भीर असर परेको भन्दै तुरुन्तै क्याम्पलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुपर्ने माग राखेका छन् । घर फर्किन इच्छुक भएका अधिकांश नेपाली श्रमिक झन्डै दुई महिनाअघि मात्रै बहराइन पुगेका थिए । ‘मान्छे मरेको थाहै नै हुन्न । रातको समयमा ग्यास र तेलको चर्को गन्ध आउँछ । टाउको त्यत्तिकै दुख्छ । ग्यासको चुहावट भइरहन्छ । यसले धेरैजना बिरामी भइराख्छन्’, गोरखाका सन्जिव बरालले भने, ‘यहाँबाट क्याम्प हटाउन सबैको माग छ ।’

कम्पनीले श्रमिकलाई स्वस्थकर र पोषणयुक्त खाना पनि नदिने गरेको श्रमिकहरुको आरोप छ । ‘हामीलाई सुंगुरको चारोभन्दा पनि गए गुज्रेको खाना खुवाउँछ । ताजा खानेकुरा केही दिँदैन । खानामा चामलको बोरा, बोत्तलको टुक्राहरु फेला पर्छ’, उनले भने, ‘ड्यूटी पनि निकै लामो छ । बिहान ५ बजे क्याम्पबाट निस्कनुपर्छ । एकैपटक बेलुका ८ बजेमात्रै आइपुग्छौं । ओभरटाइमको पुरै रकम पनि दिने गरेको छैन ।’

कम्पनीमा अधिकांश नेपाली श्रमिक स्काफ फोल्डिङ र हेल्परको रुपमा कार्यरत छन् । कम्पनीले स्काफ फोल्डिङ काम गर्ने श्रमिकलाई एक सय २० र हेल्परलाई एक सय बहराइनी डिनार दिने भनेर माग पत्र प्रमाणीकरण गरे पनि त्यसअनुसार तलब नदिने गरेको श्रमिकहरुको भनाइ छ । उनीहरुले स्काफ फोल्डिङलाई एकसय १० र हेल्परलाई ७० दिनार मात्रै पाइरहेको बताए । ‘हामीलाई महिनाको ५० हजार रुपैयाँसम्म आउँछ भनिएको थियो । यहाँ २५ हजार रुपैयाँ पनि हुँदैन’, सिन्धुलीका प्रदीप थारुले भने, ‘हामीलाई जतिसक्दो उद्धार गर्न आग्रह गर्दछौं ।’

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!