बैदेशिक पोष्ट
२०८२ जेष्ठ ६, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

निर्धारित तालिकामा इजरायलको भाषा परीक्षा सञ्चालन गर्ने विभागको तयारी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ ०७;३७ बिहान प्रकाशित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं : वैदेशिक रोजगार विभागले इजरायलको भाषा परीक्षा पूर्व निर्धारित मिति र समयमा हुने बताएको छ । परीक्षा भदौ २८ गते हुँदैछ । परीक्षा दिनको ठिक १ बजे सञ्चालन हुने विभागले जनाएको छ । इजरायलमा स्वास्थ्य सहायक पठाउने नेपाल सरकारको निर्णय र वैदेशिक रोजगार विभागको परीक्षा सञ्चालन गर्ने तयारी बारेमा सर्वोच्च अदालतमा रिट परी शुक्रबार न्यायाधीश डा. आनन्द मोहन भट्टराईको एकल इजलासमा छलफल भएको थियोे । निवेदकका कानून व्यवसायी अधिवक्ता सुरेश कुमार कार्कीले सर्वाेच्चको आदेशले विभागले सञ्चालन गर्ने परीक्षा रोकिने दाबी गरेका थिए । तर विभाग स्रोतले सर्वाेच्च अदालतले सुरक्षित वातावरणमा परीक्षा सञ्चालन गर्ने आदेश दिएको जानकारी आएको भन्दै पूर्ववत् रूपमा परीक्षाको कार्यक्रम अघि बढेको र आवेदकहरूले परीक्षाका बारेमा भ्रम वा द्वविधामा पर्न नहुने बतायो ।

सर्वाेच्चको आदेशमा भनिएको छ, ‘अन्तरिम आदेश माग गरिएको सन्दर्भमा हेर्दा निवेदनमा उठाइएका अन्य विषयको हकमा अन्तिम निर्णय हुँदा विचार गरिने हुँदा बोली रहनु परेन । कामदार छनोटका लागि सञ्चालन हुन गइरहेको परीक्षाको हकम कोभिड–१९ महामारीलाई दृष्टिगत गरी सुरक्षित तवरबाट हुने कुराको सुनिश्चित गरी परीक्षा सञ्चालन गर्ने प्रबन्ध मिलाउन सर्वाेच्च अदालत नियमावली अनुसार अन्तरिम आदेश जारी गरिएको’ भन्ने उल्लेख छ । सर्लाही नगरपालिका मलंगवा वडा नं. ५ हाल परिवर्तित मलंगवा नगरपालिका वडा नं. ३ बस्ने नुरी मिकरानीले उत्प्रेषण लगायत जो चाहिने आदेश जारी गरी पाउँ भनी बुधबार रिट दायर गरेका थिए । रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र वैदेशिक रोजगार विभागलाई विपक्षी बनाइएको छ ।

रिटमा मुख्यत श्रम मन्त्रालयले २०७२ जेठ २६ मा भएको ‘फ्रि भिसा, फ्रि टिकट’ विपरीत इजरायलमा कामदार छनोटको प्रक्रिया शुरू गरिएको, खुला बजार अर्थतन्त्र अंगालेको सरकारले कामदार पठाउने ‘एजेन्ट’को काम गरेको र जोखिमपूर्ण काममा नागरिक पठाउनु संविधान र कानून विपरीत रहेको दाबी छ । परीक्षामा अंग्रेजी भाषाको ८० अंकको लिखित परीक्षा र २० अंकको अन्तर्वार्ता हुने विभागले जनाएको छ । परीक्षामा सहभागी हुन यसअघि अनलाइन आवेदन दिएर दरखास्त स्वीकृत भएको हुनुपर्नेछ । सरकारले इजरायल रोजगारीका लागि साउन १२ देखि ३२ गतेसम्म अनलाइन आवेदन आह्वान गरेको थियो । त्यसक्रममा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए । त्यसमध्ये ७ हजार भन्दा केही बढीको आवेदन स्वीकृत भएको छ । तर तोकिएको योग्यताका मध्ये सिएमए तालिमको अवधि १८ महिनाको नभएको पाइएको भन्दै धेरैलाई अयोग्य बनाएर उनीहरूलाई परीक्षामा सहभागी हुन बञ्चित गरिएको गुनासो बढेको छ ।

सिएमए परीक्षा उत्तीर्ण गरी १५ वर्षसम्म नेपाली अस्पतालमा काम गरिरहेका सिएमए नर्सहरूलाई शैक्षिक प्रमाणपत्रमा तालिमको १८ महिनाको अवधि प्रष्ट नभएको भन्दै विभागले परीक्षामा सहभागी र छनोट हुने अधिकारबाट बञ्चित गराएको परीक्षामा सहभागी हुनबाट बञ्चित पाल्पाकी रमा नेपालले दुखेसो गरिन् । उनले भनिन्, ‘शैक्षिक प्रमाणपत्रमा अविध उल्लेख नहुनु परीक्षार्थीको कमजोरी होइन, परीक्षार्थीले उत्तीर्ण गरेको सालमा सिटिईभिटीले कति अवधिको तालिम लिएको रहेछ बुझेको भए तालिम अवधि प्रष्ट हुने थियोे । त्यसतर्फ बुझ्ने प्रयास नगरी विभागले स्वेच्छाचारी बाटो अपनाएको देखियो । यसले अनुभवीलाई परीक्षामा सहभागी हुने अवसर र अधिकारमा नै आघात पारेको छ ।’

विभागले परीक्षाको शुद्धता कायम गर्न लिखित र मौखिक परीक्षा सञ्चालन गर्दा लोकसेवा आयोगले अबलम्बन गरेको विधि उपयोग गरिने बताएको छ । तर कतिपयले बजारमा चलखेलका हल्ला धेरै आएको भन्दै निश्पक्षतामा सचेत हुनुपर्ने सुझाव दिएका छन् । इजरायल रोजगारीका लागि शुरुमा १ हजार जना सहायक कामदार लैजाने बताएको छ । त्यसका लागि १ हजार ४ सय जना छनोट हुने छन् । विभागका अनुसार रोजगारीका लागि इजरायल जानेको मासिक पारिश्रमिक नेपाली रुपैयाँ करिब एक लाख ९३ हजार हुनेछ । कामदारको खानाको प्रबन्ध आफैं मिलाउनुपर्ने छ भने बस्ने व्यवस्था रोजगारदाताले नै मिलाउने जनाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!