काठमाडौं । बेलायती क्वालिफायर एम्मा राडुकानुले युएस ओपन टेनिसको उपाधि जितेकी छिन् । १८ वर्षीय टिनएजर राडुकानुले वर्षको अन्तिम ग्राण्ड्सलाम जित्दै ४४ वर्षपछि बेलायतलाई महिलातर्फ पहिलो ग्राण्ड्सलाम उपाधि दिलाइन् । न्युयोर्कको फ्लसिङ मिडोजमा भएको फाइनलमा राडुकानुले क्यानडाकी लेलाह फर्नान्डेजलाई ६-४, ६-३ ले पराजित गरिन् ।
पछिल्लो पटक बेलायतकी भर्जिनिया वेडले १९७७ मा विम्बलडन ओपनको उपाधि जितेकी थिइन् । राडुकानुको जितमा भर्जिनिया वेडले समेत चियर गरेकी थिइन् । राडुकानु ओपन एरामा ग्राण्ड्सलाम जित्ने पहिलो क्वालिफायर खेलाडी बनेकी छिन् । यस्तै सन् २००४ मारिया सारापोभापछि उनी ग्राण्ड्सलाम जित्ने युवा खेलाडीसमेत बनिन् । यसैगरी सन् २०१४ मा सेरेना विलियम्स पछि कुनै सेट नहारी युएस ओपन जित्ने पनि पहिलो खेलाडी बनिन् ।
प्रतिक्रिया लेख्नुहोस्:-