बैदेशिक पोष्ट
२०८२ जेष्ठ ९, शुक्रबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अमेरिकामा छोरो मारिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्राद्ध

अमेरिकी सरकारसँग उनका धेरै प्रश्न छन्

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ १४;०४ मध्यान्ह प्रकाशित
अमेरिकामा छोरो मारिएकै ठाउँमा पुगेर सागरका पिताले गरे श्राद्ध
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

मेरिल्याण्ड,अमेरिका । चार महिनाअघि अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्रमा एका विहानै बन्दुकधारी व्यक्तिद्वारा अन्धाधुन्ध गोली प्रहार गर्ने क्रममा मारिएका आफ्ना छोराको मोक्ष प्राप्तिका लागि उनी मारिएकै स्थानमा पुगेर उनका पिताले श्राद्ध गरेका छन्। हिन्दू नारीहरुको चाड तीजको ऋषि पञ्चमीका दिन नेपालको संखुवासभा जिल्लाको खांदबारी अस्पतालमा जन्मिएका सागर घिमिरेको पञ्चमासिक श्राद्ध त्यही ऋषि पञ्चमीकै दिन सेप्टेम्बर ११ तारिकमा उनका पिता जगतविक्रम घिमिरे र आफन्तहरुले उनी मारिएको ठाउँमै पुगेर सम्पन्न गरेका छन्।

मे ८ तारिक, २०२१ को दिन एकाविहानै साढे ६ बजेको आसपासमा ५६ बर्षजतिका एभरटन ब्राउन भन्ने व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेर बाल्टिमोरको उडलन कम्प्लेक्स क्षेत्रमा चारजनाको हत्या गरेका थिए। तिनै चारजनामध्येमा एक परेका थिए सागर घिमिरे । आफ्ना छोराको जहाँ रगत बगेको हो त्यही ठाउँमा आएर आज ५ महिनाको मासिक श्राद्ध कर्म गरेको छु, सागरका पिता जगतविक्रमले डिसी नेपालसंग भने, रगत भिजेको ठाउँमा आएर वैदिक परम्पराअनुसार मेरो छोरोको स्वर्गको वासको कामना गरेँ। तर, अमेरिकी सरकार र प्रशासनसमक्ष मेरा धेरै प्रश्न छन् र अनुरोध छ अव आइन्दा कुनै पनि व्यक्तिले मेरो छोरोको जस्तो नियति भोग्न नपरोस्।

चारजनाको हत्यापछि स्थानीय प्रहरीद्वारा मारिएका ब्राउनलाई पछि मानसिक रोगी भएको भनिएको थियो। ब्राउनले आफ्नै घरमा आगो लगाई छिमेक तिर स्वचालित हतियारले अन्धाधुन्ध गोली प्रहार गरेका थिए। सो घटनामा परी मृत्यु भएका घिमिरे उडलन कम्प्लेक्समा एकजना नेपालीको घरमा डेला लिई एकहप्ताअघि मात्र सरेका थिए। एकाविहानै बड्याङबुडुङको आवाजले शुरुमा भूईचालो आयो भनेर घरबाट निस्किएका २४ बर्षिय घिमिरेलाई घर अगाडिको पार्किंगस्थलमा गोली लागेको र उनको त्यहीं मृत्यु भएको थियो। घिमिरेसँगै बस्दै आएका अर्का एक नेपाली युवालाई पनि गोली लागेको थियो तर उनी भने बाँच्न सफल भएका थिए।

मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु। मृत आत्माले विधिपूर्वक संस्कार पाएन भने उसको आत्मा घुमि नै रहन्छ भन्ने मैंले महसुस गरेको छु” पिता जगतविक्रमले मारिएकै स्थानमा आएर श्राद्ध तर्पण गर्नुको कारण खुलाउंदै भने, “उसलाई यहाँ श्रद्धाञ्जली अर्पण गरेपछि उसको आत्माको शान्तिको कामना विधिपूर्वक गरेपछि आफूले पनि शान्ति महसुस गरेको छु।

साउथ क्यारोलिनाको एउटा विश्वविद्यालयबाट उच्च अंकसहित ग्रजुयेट भएको केही दिनमा सागर र उनका साथी बाल्टिमोर आएका थिए। नेपालमा रहँदा पनि मेधावी विद्यार्थी रहेका सागर युथ एसियाको टप सेभेन डिबेटर थिए भने तत्कालीन राष्टपति डा.रामबरण यादवको हातबाट दुई वटा स्वर्णपदक पनि प्राप्त गरेका थिए। आफ्नो छोरोको पार्थिव शरीर त उनले देख्न पाएनन्। घटनाको समयमा कोरोनाको महामारी पनि उत्तिकै थियो र दुबैतिर लकडाउनको स्थिति पनि थियो। सागरको हत्यापछि पोष्टमार्टमको प्रक्रिया र अन्तिम संस्कारको प्रक्रियासमेत पूरा गर्न झण्डै १ महिना लागेको थियो। “एक महिनासम्म उसको आत्मा वाकसमा रह्यो त्यो झन् दुखदायी थियो।

पार्थिव शरीर छुन नपाए पनि आज घटनास्थलमै आएर विधिपूर्वक श्राद्ध गरेको छु अव उसको अस्तुलाई आर्यघाटमा लगेर जलाउने र सेलाउने इच्छा छ, सागरका पिताले भने, “सागर स्मृति कोष खोल्ने भित्री इच्छा छ हेरौं के हुन्छ।

मानसिक रोगी भनिएका हत्याराको हातमा स्वचालित बन्दुक कसरी पुग्यो? यसमा कमी कमजोरी कस्को हो? मानसिक रोगी थियो भने घटना घट्नु अघि हतियार भए नभएको किन निगरानी गरिएन? जस्ता थुप्रै प्रश्नहरु अमेरिकी सरकार र प्रशासनसमक्ष गर्न उनलाई मन लागेको छ। आफूले मात्र होइन नेपाल देशले मात्र होइन, पूरै विश्वले एउटा अत्यन्त प्रतिभाशाली युवा गुमाएको अवस्थामा अव यस्ता दर्दनाक घटनाहरु अरु नदोहोरिउन् भन्नका लागि उनले अमेरिकी सरकारसँग यी प्रश्नहरु राख्न चाहेको बताएका छन्।

मृतकको आत्म शान्तिका लागि मात्र नभई बाँच्नेहरुका लागि पनि यी प्रश्नहरुको उत्तर आउनु जरुरी छ भन्ने सागरका पितालाई लागेको छ। “सगरमाथाको छहारी र बुद्धको भूमिका जन्मेका सागर अमेरिकी नागरिकको हातबाट मृत्युबरण गर्न पुगे। यस्तो कसैले भोग्नु नपरोस्”, सागरका पिताले भने। युवाहरुका मार्गदर्शक बनिसकेका सागरको सपना पूरा गर्न हजारौं सागर जन्मिउन् र सागरको सपना पूरा गरुन् भन्ने आफूलाई लागेको पनि उनले बताए।

घटनास्थलमै पुगेर स्वर्गीय आत्माप्रति वैदिक विधिपूर्वक श्रद्धाञ्जली व्यक्त गर्न सागरका पिताका साथमा सागरकी दिदी कृपा घिमिरे, काका कप्तान घिमिरे र काकाका छोरा भाइ भरत घिमिरे पनि बाल्टिमोर आइपुगेका छन्। उनीहरुलाई स्थानीय नेपाली समुदायले सहयोग गरेको छ। मेरिल्याण्ड विधानसभामा निर्वाचित एकमात्र नेपाली मुलका अमेरिकी जनप्रतिनिधि डेलिगेट ह्यारी भण्डारीको सहयोगले यहाँका प्रहरी प्रमुख र एटर्नी जनरलसँग सागरका पिताले कुरा गरेका छन्।

र, हत्याबारेको रिपोर्ट माग पनि गरेका छन्। काका कप्तान घिमिरेका अनुसार, डेलिगेट भण्डारीले राम्रो सहयोग गर्नु भएको छ भने अन्य नेपाली समुदायको सहयोग पनि अत्यन्तै राम्रो छ। “घटनापछि दाइको नेपालदेखिकै इच्छा घटनास्थल पुगेर आफ्नै हातबाट आफ्नै संस्कारबमोजिम पूजा गर्ने थियो” अमेरिकाको क्यालिफोर्नियामा बसोबास गर्ने कप्तानले भने, “उहाँलाई यहाँ ल्याएर त्यो पूरा गराउन पाएँ।”

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!