बैदेशिक पोष्ट
२०८२ माघ २९, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

मलेसियामा कोरोनाले बित्यो मेरो तन्दुरुस्त भतिजो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ १४;०६ मध्यान्ह प्रकाशित
मलेसियाबाट कोरोना अवधीभर ५९ हजार ६३२ जना नेपाली श्रमिक स्वदेश फर्किए
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडाैं । शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गोबिन्दबहादुर कार्की हातमा डकुमेन्ट बोकेर एक्लै अध्यारो अनुहार लगाएर टोलाइरहेका थिए। वैदेशिक रोजगारीको क्रममा विदेशमा कोरोना संक्रमणबाट मृत्यु भएका ४० वर्षीय भतिज नरबहादुर कार्कीको अस्तु लिन गएका उनी त्यहाँ आउँदै गरेका अरू आफन्तहरुलाई पर्खिरहेका थिए। बसिराखेका कार्कीसँग जिज्ञासा लिँदा उनले हातमा बोकेको डकुमेन्टमध्येबाट राहदानी देखाउँदै भने, ‘यही हो, मेरो भतिजो । यसको म काका हो । तन्दुरुस्त मान्छे थियो, कोरोनाले मृत्यु भयो।’

विमानस्थलमा आइपुगेको भतिजाको अस्तु लिन आएका कार्कीका अनुसार मृतक नरबहादुरको घर रामेछाप हो । मृतकको परिवारमा आमा, दुईजना भाई, एक बहिनी, श्रीमती र दुई छोराछोरी छन्। उनको मृत्यु मलेसियामा २२/२३ दिनअघि कोरोना संक्रमणले भएको रहेछ। गोबिन्दबहादुरले भने, ‘मृतकको स–साना दुई वटा छोराछोरी छन् । श्रीमती बच्चाहरु काठमाडौंमै थिए। अहिले गाउँ किरिया बस्न गएकी छन्। गाउँमा किरिया बसेको आज १० दिन भयो । उता (मलेसिया)बाट पठाएको छ, अस्तु । यही पशुपतिमा मैले सेलाइदिन्छु।’

मलेसियास्थित अस्पतालमा उपचारको क्रममा नरबहादुरको मृत्यु भएको रहेछ। उनको अस्पतालबाट शव उठेपछि मात्रै यता किरिया बसेको बताउँदै मृतकका काका गोबिन्दले भने, ‘उता अस्पतालमै बितेको हो। अस्पतालबाट शव नउठुन्जेलसम्म यता किरिया बस्न पाइदैन रहेछ। उता सद्गद् गरेपछि यता किरिया बसेको हो।’ मृतक नरबहादुरले मेलेसियाको एक कम्पनीमा ४ वर्ष काम गरेर भर्खरै मात्र अर्को कम्पनी परिवर्तन गरेका रहेछन्। गोबिन्दले भने, ‘एउटा कम्पनी छोडेर अर्को कम्पनीमा काम गरेको ३/४ महिना भएको रहेछ । त्यसपछि कोरोना लागेछ अनि त्यही अस्पतालमै बित्यो।’

गोबिन्दका अनुसार अस्पतालमा उपचाररत हुँदा मृतक नरबहादुर दिनकै जसो श्रीमती, भाइहरुलगायत आफन्तसँग फोनमा कुराकानी गरिराख्थे । उनले भने, ‘मृतकको श्रीमती भाइहरुसँग अन्तिम अवस्थामासम्म कुराकानी भइराखेको थियो। उसलाई अरु कुनै रोग थिएन । उसँगसँगै कोरोना लागेका उसका साथीभाई ८/१० दिनमा निको भएर अस्पतालबाट कोठा फर्के, अब उसलाई बढ्दै गएर उतै बित्यो ।’

गोबिन्दका अनुसार मृतक नरबहादुरकी श्रीमती र दुई छोराछोरी काठमाडौंमा डेराको कोठामा बस्छन्। काठमाडौंमा छोराछोरी पढाउँदै आएकी मृतककी श्रीमती श्रीमानले मलेसियाबाट पठाएको पैसाले छोराछोरी पढाउनेदेखि सबै खर्च टार्दै आएकी रहेछिन्। अब भने नरबहादुरको मृत्युसँगै आउँदै गरेको गर्जो टार्ने आर्थिक खर्च बन्द भएको छ। गोबिन्द भन्छन्, ‘श्रीमती काठमाडौंमा छोराछोरी पढाएर बसेकी थिइन, उसैले उताबाट खर्चहरु पठाइदिन्थ्यो । ११ वर्षकी छोरी र ९ वर्षका छोरा छन्।’

गोबिन्दका अनुसार मृतक नरबहादुरकै कमाईमा आश्रित परिवारलाई पहिला काम गरेको कम्पनीले भने केही आर्थिक सहयोग गर्ने भएको छ। उनले भने, ‘पुरानो कम्पनीले म केही आर्थिक सहयोग गर्छु भनेको छ रे त्यो पैसा आयो भने परिवारलाई केही खर्च हुन्छ । अब नयाँ कम्पनीमा त ३/४ महिना काम गरेको रहेछ, के सहयोग गर्ला र?’

मृतक नरबहादुर यसअघि पनि विदेश जाँदै आउदै गर्दा रहेछन् । उनी छोराछोरी पढाउनकै लागि विदेशमा कमाउन गएको बताउँदै गोबिन्दले भने, ‘पहिला पनि मलेसिया नै गएर आएर उ फेरि पछि गएको हो । गाउँमा आर्थिक अवस्था कमजोर नै हुन्छ, छोराछोरी पढाउनु पर्छ, विदेश जानु परिहाल्यो । गाउँमा आमा हुनुहुन्छ । बुबा बितिसकेका छन् । एउटी बहिनी विदेशमै छिन र दुई भाईहरु काठमाडौंमै बस्छन्।’

शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मलेसियाबाट ६ वटा र कतार एयरलाइन्सबाट कतार र साउदीबाट एक–एक गरी ८ वटा शव आएको थियो । त्यस्तै, बिहान विमानस्थलमा ८ वटा शव र ११ वटा अस्तु आएको थियो।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!