कतारको बहुप्रतिष्ठित कम्पनि QD-CPC Industries Company Qatar मा नेपाली पुरुष कामदारको माग गरेको छ । QD-CPC Industries Company Qatar कम्पनीले बिभिन्न पोस्टका लागि १०० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ३२,२१० देखि ३५,४३१/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ३५ हजार माथि रहेको छ । इच्छुक कामदारले वाहा म्यानपावर सप्लायर प्रा लि को कार्यालय कालोपुल -०७, काठमाडौँ मा असोज २ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला |
प्रतिक्रिया लेख्नुहोस्:-