बैदेशिक पोष्ट
२०८२ माघ २७, मङ्लबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियाको व्यस्त जीवनमा जान्नैपर्ने जिवनशैली

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २७, २०७८ २०;२८ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाको व्यस्त जीवनमा जान्नैपर्ने जिवनशैली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ | ‘यो ब्यस्त गगनचुम्बी शहरमा फूल मात्र देख्ने र काँडालाई नदेख्ने धेरै छन्। त्यसैले त सकारात्मक भावनाले मुलुक चलेको छ’, अस्ट्रेलिया बसाइका क्रममा पुराना डेमोक्रयाट नेता शम्भु पोखरेलले अनुभव पस्किए। मानिसहरू सोच्लान्, अस्ट्रेलियामा गरिबी छैन। तर यहाँ प्रसस्तै गरिब, असहाय र बेरोजगार छन्। घरबार बिहिनको ठूलै हुल यहाँ देख्न पाइन्छ। यद्यपी हात थापेर माग्ने कमै भेटिन्छन्। तर आफूसँग भएको शिप र कला प्रस्तुत गरेर बटुको थापेको दृष्य भने यहाँ बग्रेल्ती पाइन्छ। देश विकास र बिस्तारको गतीमा यिनीहरूको पहिचान कतै देखिन्न र भेटिन्न।

मानसिक रोग र आत्महत्या महामारिकै रुपमा रहेको छ बिकसीत देशको यर्थाथमा। तर पनि यसका समाचारहरू कतै भेटिँदैन र प्रकाशित हुँदैनन्। यस्ता समाचारले मानिसलाई गलत वाटोमा बहकाउन मद्दत मिल्ने उनीहरूको ठहर छ। अजीहरू पानी पर्‍यो भने, ‘ह्वाट अ ब्युटिफूल रेनिङ डे’ भन्छन्, घाम लाग्यो भने ‘ह्वाट अ ब्युटिफूल सन्नी डे’ भन्छन्। यस्तै जाडो भएमा ‘ह्वाट अ कुल वेदर’ भन्छन्। अनि गर्मी भयो भने ‘ह्वाट अ ब्युटिफूल वार्म वेदर’ भन्छन्। ‘जाडोको ठिही होस् या गर्मीले आलसतालस अनि झरी या हुरी बतास् सबैलाई राम्रै भन्ने कला पनि अच्चमकै छ यहाँ। सबैखाले परिस्थितिलाई सकारात्मक सोच्ने उनीहरूको नजरिया ‘फूलको आँखामा फूलै संसार’ झै लाग्छ’, पूर्व एनआरएन आइसीसी सदस्य बालचन्द्र भट्टराईले भने। त्यसो त जाडोभन्दा गर्मीलाई नै प्राथमिकता दिन्छन् अजिहरू।

चिसो बढ्यो भने कस्तो ठीही अनि पानी पर्दा हिलो मैलो र गर्मीमा त छ्या भन्ने शब्द हाम्रो मुखमा आइहाल्छ। हामीले मुलुक परिस्थिति र राजनीतिलाई मात्र होइन, समय परिस्थितिलाई पनि सकारात्मक सोचमा ढाल्न सकेका छैनौं जस्तो लाग्छ। ‘राजनीति र अस्थिरताकको चरम निराशावादका कारण हिजो आज हामीमा नकारात्मक प्रभाव झन बढ्दै गएको छ। पीडा र अभावबीच बाँच्न सक्ने अनि सजिलै मुसुक्क हाँस्न सक्ने र रित्तै पेट पनि नाच्न सक्ने हामी नेपालीले यस्ता सकारात्मक सोचको थालनी गर्नसक्नुपर्छ’, छोरा निदेशको निम्तामा अस्ट्रेलिया आइपुगेका शम्भु पोखरेलले भने।

केही कुरा सोधिहाल्नु भयो भने ‘थ्यांक्स यु- वेलकम’ भन्ने यिनीहरूको थेगोलाई सलाम गर्नेपर्छ। काम र दाम अनि बिदामा आराम यी तिनै कुरामा मस्त छन् अस्ट्रेलियन। प्राय मन्डे टु फ्राइडे काम गर्ने र सार्वजनिक बिदामा मस्ती गर्ने यीनको दिनचर्याले सबैलाई एक पटक ठूलो भ्रम पारेकै छ। पाँच दिन काम अनि दुई दिनको आराम यीनीहरूको जिन्दगीको एउटा गतिलो कल्चर नै बनिसकेको छ। कुरो यति मात्र होइन, झैझगडामा पनि यिनिहरूको फरक धार छ। होहल्ला सुन्दा लाग्छ दुई चार मानिस ढलिसके वा बबाल भैसक्यो। तर यसो हेर्‍यो नाक मात्र जुधाइरहेका हुन्छन् हात त खल्तीमै छ।

अपराधिक प्रवृत्तिका एकाध घटनाबाहेक अस्ट्रेलियन संस्कृतीमा हात हालेर झगडा गरेको कमै देखिन्छ। चिच्चाउँछन्, कराउँछन्, बुर्कुसी मार्छन्। तर हात उठाइ हाल्दैनन्। यहाँको कानुनमा गल्ती पहिलो हात चलाउनेको मानिन्छ, त्यसैले पनि यहाँ हात हाल्ने संस्कृतीको विकास भएको छैन। चुरो कुरा के हो भने संस्कार र संस्कृती सिक्ने र सिकाइने कुरामा पनि भर पर्दारहेछन्। हामीले बाटोमा मोबाइल र पैसा भेटिहाल्यौं भने पनि ‘वाह भेटियो’ भन्छौ र खल्तीमा हाल्छौ, एक दुई अपवाद बाहेक। तर यताका मानिस केही भेटियो भने सिधै सम्वन्धित पक्ष वा निकायमा फिर्ता गरिदिन्छन्।

‘बाल मस्तिष्कदेखिनै उनीहरूलाई भेटिएको सामान लिनु हुँदैन र फिर्ता गर्नुपर्छ भन्ने शिक्षा दिइएको हुन्छ र उनिहरू त्यसैलाई अनुशरण गर्छन्’, चितवन समाज अस्ट्रेलियाका पूर्णनाथ घिमिरेले बताए। बिहानै हिँड्यो भने जताततै गुड मर्निङको आवाजले ठक्कर लागिहाल्छ अनि प्रारम्भ हुन्छ वेलकम र थ्यांक्सका अबिरल बहाव। काममा गयो, ब्यवस्थापकको भाव पनि उत्तीकै सकारात्मक, मेरा लागि यती गर्देउ न, धन्यवाद भनेर काम लाउन प्रारम्भ हुन्छ। सजिलो होस या गाह्रो कामले घन्टा काट्दै जाँदा स्वागत र धन्यवाद अनि मायाका शब्दभावले जेलिन्छ काम र मामको जोहो।

सकारात्मक सोचनै आधुनिक विश्वको बदलिँदो परिवेशको उपज हो कि, भन्ने सोच पनि आउँछ। तर यहाँ पनि हाम्रा जतिकै पीडा र अभाव छ। ‘अग्ला गगनचुम्बी भवन र विकासका बिशाल ढाँचाबीच लुकेका अभावका थुप्रै पाटाहरु केलाउने हो भने समस्याका पहाड लुकेको पाउँछौं। दुई चार हप्ता कमाउन सकेन या काम पाएन भने हाल बेहाल हुने यताको जीवनलाई नजिकवाट नियाल्दा कठिनाइको पहाड यँहा पनि उस्तै छ। तर पनि जिम्मेबार राज्यका जिम्मेवार नागरिक भएर यिनीहरुले कर्तब्य पुरा गरेको पाटो भने महत्वपूर्ण मान्नुपर्छ’, पुराना सन्चारकर्मी डिल्ली ढकालले भने।

जीवनलाई जगतसँग दाँज्ने कुरामा अस्ट्रेलियन केही कमजोर देखिन्छन्। काम, घर, घुमफिर र परिवारमै सिमित हुने यिनीहरुरूको जीवन आधुनिकतासँगै भित्रिएको हुनसक्छ। हामी नेपालीलाई जहाँ गए पनि समाज, संस्था अनि आस्था र भुगोलले छपक्कै छोपिहाल्छ र द्रविभूत भइहाल्छौं। विदेश गए पनि हाम्रो पहिचान टुटेको छैन र संस्कृती छुटेको पनि छैन। त्यसैले हाम्रो आफ्नो देशमा यताको राम्रो परिवेशलाई शन्देशका रुपमा लान सक्यौ भने त्यो महत्वपूर्ण उपलब्धी बन्न सक्छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!