बैदेशिक पोष्ट
२०८२ माघ २५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बजेटले पहिलो पटक गरिबलाई सम्झिएको छ

प्रत्येक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने प्रतिबद्धता स्रोत सुनिश्चित नभएका कार्यक्रम हटाइयो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक, राजनीति
भदौ २८, २०७८ १०;१२ बिहान प्रकाशित
बजेटले पहिलो पटक गरिबलाई सम्झिएको छ
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, भदौ २८ गते । सरकारले बजेटमार्फत पहिलो पटक पिँधमा रहेका विपन्न तथा गरिबलाई राहतको कार्यक्रम ल्याएको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ । चालू आर्थिक वर्ष २०७८/७९ को आर्थिक अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएको विधेयकपछि आइतबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उहाँले राज्यको दायित्व सम्झिएर गरिबदेखि दीर्घरोगीलाई सुविधा दिएको बताउनुभयो । सरकारले पहिलो पटक बजेटमार्फत गरिबलाई सम्झिएको छ, उहाँले भन्नुभयो, कोभिडबाट प्रभावित पनि भएको र दशैँ पनि आएको समयमा विपन्न र अति गरिबलाई नगद हस्तान्तरण गर्ने कार्यक्रम ल्याइएको हो ।

भदौ २५ गते मन्त्री शर्माले प्रतिनिधि सभामा प्रस्तुत गर्नुभएको उक्त प्रतिस्थापन विधेयकमा कोभिड–१९ को प्रभावबाट रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक र असङ्गठित क्षेत्रमा रहेका विपन्न गरिब पाँच लाख परिवारलाई सरकारले राहतस्वरूप एक पटकका लागि दस हजार रुपियाँ उपलब्ध गराउने व्यवस्था गरेको छ । असोजभित्र उपलब्ध गराइने उक्त नगद वितरणका लागि मन्त्रालयले छुट्टै मापदण्ड बनाउने अर्थमन्त्री शर्माले जानकारी दिनुभयो । स्थानीय तहको सहजीकरणमा वरपरका घरपरिवारको समेत सहमति हुने गरी नगद वितरण गरिने उहाँले बताउनुभयो ।

उहाँले निकै छोटो समयमा अध्यादेशका केही विनियोजनहरूलाई मात्र संशोधन गरेर प्रतिस्थापन विधेयक ल्याउनुपरेको बताउनुभयो । संशोधन गर्दा आवश्यक विषयमा मात्र नीतिगत परिवर्तन गरिएको र संशोधनपछि कुल बजेटको बढीमा २ प्रतिशत मात्र हेरफेर गरिएको उहाँले जानकारी दिनुभयो ।
संशोधनपछि खासगरी अर्थ नभएका नाम मात्रका योजनालाई हटाइएको उहाँले बताउनुभयो । त्यस्तै स्रोत सुनिश्चितता नभएका, सहमति र सम्झौता नभएका आयोजनालाई हटाइएको र पुँजीगत खर्चलाई बढाउने आयोजनालाई मात्र जोड दिइएको उहाँले जानकारी दिनुभयो । बजेट विनियोजन हुने तर प्रतिफल नहुने कार्यक्रमलाई समेत सरकारले संशोधनमार्फत हेरफेर गरेको उहाँको भनाइ थियो ।

हरेक वर्ष लक्ष्यको कम मात्रै पुँजीगत खर्च हुने परम्परालाई तोड्न हरेक महिना १० प्रतिशत पुँजीगत खर्च गर्ने प्रतिबद्धता अर्थमन्त्रीले व्यक्त गर्नुभयो । यसका लागि योजना निर्माणको काम भइरहेको र छिट्टै त्यसको नतिजा पनि देखिने उहाँको भनाइ थियो । कर्मचारीलाई प्रशिक्षण दिएर, डिजिटल प्रणालीमार्फत अनुगमन गरेर पनि पुँजीगत खर्च बढाउँछौँ, उहाँले भन्नुभयो । मन्त्री शर्माले हरेक वर्ष बढ्दै गएको सामाजिक सुरक्षाको दायित्व कम गर्न सामाजिक सुरक्षा कोषलाई स्वचालित कोषमा रूपान्तरण गर्ने योजना बनाएको पनि जानकारी दिनुभयो । कोषमा मुख्य रूपमा सरकारसहित सबैको लगानी रहने र त्यसैबाट प्रतिफल लिएर दायित्व कम गराउने उपायतर्फ सरकारको ध्यान गएको उहाँको बताउनुभयो ।

त्यस्तै व्यापार घाटा कम गर्न आयात प्रतिस्थापनलाई जोड दिएको र देशभित्रै उत्पादनको वातावरण बनाउने गरी स्वदेशमै उत्पादन बढाउने अथवा एसेम्बिलङ गर्ने उद्योगलाई विभिन्न किसिमका छुट उपलब्ध गराएर घाटा कम गर्ने रणनीतिमा सरकारको रहेको उहाँको भनाइ थियो । निर्यातलाई प्रोत्साहन गर्न राष्ट्र बैङ्कसँग छलफल भइरहेको उहाँले बताउनुभयो । कृषि क्षेत्रको प्रवद्र्धनका लागि हरेक प्रदेशमा नमुना कृषि केन्द्र उत्पादन गर्ने, गाईबाख्रा र भैँसीको नश्लसहित नेपालमै ग्रीड राखेर बनाउने योजना पनि रहेको उहाँले जानकारी दिनुभयो ।

पूर्वाधार निर्माण गर्दा खासगरी आवश्यकता र प्राथमिकतालाई जोड दिइने गरी योजना तयार गरिने अर्थमन्त्री शर्माको भनाइ थियो । सडक निर्माण गर्दा अराजकता देखिएको र त्यसले पर्यावरणीय रूपमा क्षति बेहोर्नुपरेकाले अब तीन महिनाभित्र देशैभरका सडकको नक्साङ्न गर्ने र आवश्यक सडकमा मात्रै बजेट विनियोजन हुने उहाँले स्पष्ट पार्नुभयो । बजेटमार्फत सरकारले ऋण घटाएको, राजस्वको लक्ष्य बढाएको र पुँजीगत खर्च पनि बढाउने गरी अङ्क संशोधन गरिएको अर्थमन्त्रीले जानकारी दिनुभयो । राजस्वको दायरा विस्तारका लागि नयाँ क्षेत्र पहिचान गरिएको र बिस्तारै सबै क्षेत्रलाई समेट्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले गरिबलाई सोझै नगद वितरण गरेर प्रगतिशील अभ्यास गरिएको बताउनुभयो । यसअघि वर्ग विशेषलाई मात्र यस्तो सुविधा दिइँदै आएकोमा यस पटक भने गरिबलाई नै लक्षित गरेर कार्यक्रम ल्याइएको उहाँको भनाइ थियो ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले प्रतिस्थापन विधेयकबाट भएका संशोधनलाई मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेट्न सकिने जानकारी दिनुभयो । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले ऋण नियन्त्रण गर्दै राजस्व बढाउने चुनौती लिएको बताउनुभयो । अर्थ मन्त्रालयले यस पटक आफैँलाई चुनौती दिएको छ, उहाँले भन्नुभयो, खोप कार्यक्रमले अर्थतन्त्र चलायमान भएको र राजस्व सङ्कलन पनि उत्साहजनक रहेकाले लक्ष्य बढाएका हौँ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!