बैदेशिक पोष्ट
२०८२ माघ २६, सोमवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २९, २०७८ ०७;३० बिहान प्रकाशित
कतार प्रहरीमा नेपाली युवालाई रोजगार : अवैध चलखेल सुरू, सरकार मौन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

आगामी वर्ष कतारको दोहामा आयोजना हुने विश्वकप फुटबललाई मध्यनजर गरेर कतार सरकारले कतार प्रहरीमा नेपाली युवालाई काम दिने घोषणा गरेपछि अहिले म्यानपावर व्यवसायीबीच पैसाको चलखेल तीव्ररूपमा अगाडि बढेको छ । कतारको गृह मन्त्रालयले झन्डै १० हजारको संख्यामा नेपाली युवालाई ५ वर्षका लागि कतारमा काम दिने घोषणा गरेपछि म्यानपावर व्यवसायीले करिब ३ सय युवालाई कतार प्रहरीमा काम दिलाइदिने भन्दै मनपरी शुल्क असुलेर त्यता पठाइसकेका छन् । सरकारले विदेशमा कामदार पठाउँदा १० हजारभन्दा बढी शुल्क लिन नपाउने बताए पनि अहिले म्यानपावर कम्पनीलाई १२ लाख रुपियाँसम्म तिरेर युवाहरू कतार पुगेका छन् ।

काठमाडौंको लाजिम्पाटस्थित अल ताक्वेत ओभरसिज नेपालले अहिले कतार प्रहरीमा काम गर्न जान चाहनेसँग अन्तर्वार्ता लिइरहेको जानकारी प्राप्त भएको छ । सो म्यानपावर कम्पनीले एजेन्टमार्फत पैसा उठाएर गोप्यरूपमा अन्तर्वार्ता लिइरहेको र कम्पनीले प्रतिव्यक्ति १० देखि १२ लाख रुपियाँ उठाइरहेको एक पीडित युवाले नेपाल समाचारपत्रलाई बताएका छन् । तर, नेपाल सरकारले भने चर्को शुल्क असुलेर नेपाली युवालाई कतार पठाउँदा समेत वास्ता गरेको छैन ।

कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासलाई मागपत्र प्रमाणीकरणको अनुमति दिएसँगै दूतावासले लाजिम्पाटस्थित उक्त म्यानपावर कम्पनीलाई पूर्वस्वीकृति दिएको थियो । कतारको आन्तरिक मन्त्रालयद्वारा पेस गरिएको मागपत्रमा प्रहरीमा छनोट भएका नेपाली युवाले टिकट खर्च, हवाई खर्च, प्रवेशाज्ञा र म्यानपावर कम्पनीलाई सेवा शुल्क बुझाउनुनपर्ने उल्लेख छ । म्यानपावरले फ्री भिसा र फ्री टिकटमै कामदार पठाउने गरी भिसा प्रमाणीकरण भएको दूतावासले जानकारी दिएको छ ।

तर, कम्पनीले भने छनोट भएका व्यक्तिबाट चर्को शुल्क असुलिरहेको आरोप लागेको छ । म्यानपावरका सञ्चालक मनिराम श्रेष्ठमाथि अहिले २ सय नेपालीलाई कतार पठाउने भन्दै चर्को शुल्क उठाएर सबैतिर मुखमा बुझो लगाउने काम गरेको आरोप लागेको छ । यस विषयमा बुझ्न नेपाल समाचारपत्रले म्यानपावर सञ्चालक श्रेष्ठसँग सम्पर्क गर्दा उहाँले यस विषयमा कुनै पनि पत्रकारसँग कुरा नगर्ने भन्दै फोन काटिदिनुभएको थियो ।

‘फ्री टिकट, फ्री भिसा’ भनिएको उक्त कामका लागि सो म्यानपावर कम्पनीले २० करोडभन्दा बढी रकम एजेन्टमार्फत संकलन गरेको आरोप लागेको छ । उक्त कम्पनीमाथि अहिले नेपालबाट कतार प्रहरी र सुरक्षा गार्डका लागि जाने १० हजार नेपाली युवाबाट ७ अर्ब रुपियाँ संकलन गर्ने लक्ष्य राखेर नेताहरूलाई चुनावी खर्च मिलाउने भन्दै प्रहरी प्रशासनलाई मिलाइदिन आग्रह गरिरहेको आरोप पनि लागेको छ ।
यसैबीच केही म्यानपावर व्यवसायीले प्रधानमन्त्री पत्नी आरजु राणाले चलखेल गर्ने गिरोहलाई आफ्नो हातमा लिएर म्यानपावर व्यवसायीसँग बार्गेनिङ गर्न लगाएको आरोपसमेत लगाएका छन् ।

नेपालले सन् २००५ मा कतारसँग श्रम सम्झौता गरेको थियो । त्यसपछि सन् २०१८ मा तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कतार भ्रमण गरी कतार प्रहरीसँग नेपाली युवालाई कतार प्रहरीमा पठाउने सम्झौता गर्नुभएको थियो । सोही सम्झौताबमोजिम नै अहिले नेपाली युवालाई कतार प्रहरीमा पठाउन लागिएको हो ।

प्रहरी महानिरीक्षक खनालले कतार प्रहरी मुख्यालयमा गर्नुभएको सम्झौतापछि नेपाली युवालाई कतार लैजाने विषयमा अध्ययन गर्न कतार प्रहरीको टोलीले नेपाल भ्रमणसमेत गरेको थियो । तर, सरकारले समयमै निर्णय गर्न नसक्दा म्यानपावर व्यवसायीहरू हावी हुँदा कतार पठाउने प्रक्रिया नै रोकिन पुगेको थियो । नेपाली युवालाई आकर्षक तलब दिएर कतार लैजाने कतार सरकारको घोषणापछि नेपालका राजनीतिक दलका पहुँचवाला नेता, मन्त्री, सरकारी कर्मचारीले आफ्नो गतिविधि अस्वाभाविकरूपमा अगाडि बढाएका थिए ।

कतार सरकारले नेपालसँग भएको श्रम सम्झौताअनुरूप नै नेपाली युवालाई कतार प्रहरी र सुरक्षा गार्डका रूपमा लैजाने घोषणा गरे पनि नेपाल सरकारले जीटुजी अर्थात् सरकारमार्फत वा बीटुबी (व्यवसायीमार्फत) कुन माध्यममार्फत नेपाली श्रमिक कतार प्रहरीको रोजगारीमा पठाउने भन्ने नै निर्णय गर्न सकेको छैन । तर, नेपालका म्यानपावर व्यवसायीले भने कतार प्रहरीका लागि भन्दै गत वर्ष नै ३ सय नेपालीलाई त्यता पठाइसकेका छन् । त्यसरी पठाइएका नेपाली श्रमिकहरूले कतार प्रहरीमा काम पाए नपाएका बारे भने केही खुलाइएको छैन । तर, कतार प्रहरीसँग सम्झौता हुनुअघि नेपालबाट कतार प्रहरीका लागि भनेर गएका ३ हजार नेपाली युवा भने अहिले कतार प्रहरीमा कार्यरत रहेको दोहास्थित नेपाली दूतावासले पुष्टि गरेको छ ।

नेपाली युवाहरू कतार प्रहरीमा जाने भएपछि श्रम मन्त्रालयअन्तर्गतका निकायहरू सत्तारूढ दलका प्रभावशाली नेताहरूलाई उपयोग गर्दै यस प्रक्रियामा सक्रिय भएका छन् । कतारस्थित नेपाली दूतावासले आवश्यक समन्वय नगर्दा नेपालमा अहिले चलखेल बढेको श्रम तथा रोजगार मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समाचारपत्रलाई बताए ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक संसद् विघटन गरेपछि श्रममन्त्रीमा तत्कालीन जनता समाजवादी पार्टीका नेता विमल श्रीवास्तवलाई नियुक्त गर्नुभएको थियो । मन्त्री श्रीवास्तवले कतार प्रहरीमा नेपाली युवालाई पठाउने भन्दै केही म्यानपावर कम्पनीसँग सम्झौता पनि गर्नुभएको थियो । तर, सर्वोच्च अदालतले २० दिनमा नै नवनियुक्त मन्त्रीलाई हटाइदिएपछि मन्त्रालयका कर्मचारीले उक्त सम्झौता भएको जानकारी आफूहरूलाई नभएको भन्दै पन्छिएका थिए ।

वैधानिक ढंगले कर्मचारीले उठाएको फाइलको आधारमा मन्त्री श्रीवास्तवले केही म्यानपावर कम्पनीसँग सम्झौता गरेको भए पनि मन्त्री हटेपछि कर्मचारीले भने उक्त सम्झौता गोप्यरूपमा भएकाले आफूहरूलाई जानकारी नभएको बताउँदै आएका छन् । यस विषयमा वैदेशिक रोजगार विभागसमेत मौन बसेको छ । विभागले म्यानपावर कम्पनीले पैसा लिएर कतार पठाउन लागेको भनेर विभागमा कसैले पनि उजुरी नगरेको दाबी गरेको छ । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!