क्वालालम्पुर (मलेसिया):= मलेसियामा वैदेशिक रोजगारीको क्रममा आफू सुरुमा आएर काम गरेको रोजगारदाता , कम्पनी छाडेर भाग्ने नेपाली श्रमिकहरुको संख्या पनि उच्च रहेका छ्न। प्राय:जसो मलेसियामा कार्यरत नेपालीहरु रोजगारदाता कम्पनीले समयमा पारिक्ष्रमिक नदिने , जथाभावी पारिक्ष्रमिक कटौती गर्ने गरेको , मानसिक तनाव दिने गर्ने लगायतको अन्य विभिन्न बाहानामा दु:ख दिने गर्नाले कम्पनी छाडेर भाग्ने गरेका छ्न भने , कतिपय त रहर र साथीभाइको लहैलहैमा लागेर समेत कम्पनी छाडेर भाग्ने गरेको तथ्य पाइएको छ।
नियम अनुसार यदि कुनै श्रमिकले आफ्नो रोजगारदाता कम्पनी छाडेर अन्यत्र भागेको छ अथवा केहि कारणबस हराएको छ भने कम्पनीले बेलैमा मलेसियाको प्रहरीचौकीमा गएर रिपोर्ट गर्नुपर्नेहुन्छ तर कतिपय रोजगारदाता कम्पनीले त्यसो नगरेर यतिकै छोडीदिने गर्दछन भने कतिपय कम्पनीले प्रहरीचौकीमा गएर पुलिस रिपोर्ट गर्नेगर्दछन्।
त्यस्तै कम्पनी छाडेर भागेका तीनजना नेपाली श्रमिकलाई मलेसियाको एक कम्पनीले प्रहरीचौकीमा उजुरी दर्ता गराएको छ। मलेसियाको रावाङ भन्ने ठाउँमा रहेको जुली इम्पोट एण्ड एक्पोट को एसडिएन विएचडि कम्पनीमा कार्यरत नेपाली युवा श्रमिकहरु कृष्ण वहादुर वम्जन , अजबलाल राउत र कृति चौधरीको विरुद्धमा कम्पनीद्वारा रावाङ स्थित प्रहरीचौकीमा उजुरी दर्ता गरिएको छ।
तीन जना मध्य दुईजना क्रमशः कृष्ण वहादुर वम्जन र अजबलाल राउत चाहिँ नेपालको सर्लाही जिल्ला निवासी हुन भने एकजना कृति चौधरी चाहिँ उदयपुर जिल्ला निवासी रहेको पासपोर्टमा उल्लेख गरिएको ठेगानाबाट खुल्न आएको हो। उनीहरु उक्त कम्पनीमा दुई वर्ष देखि कार्यरत रहेका थिए । ती कामदारहरु यहीँ सेप्टेम्बर महिनामै अच्चानक भागेर, बेपत्ता भएर कम्पनी सगं सम्पर्कमा नआएपछि प्रहरीमा रिपोर्ट , उजुरी गरिएको कम्पनी स्रोतले दिइएको छ।
जानकारी अनुसार वैधानिक हुँदाहुँदै भागेर अन्यन्त्र गएकाले , बेपत्ता भएकाले यसरी जानकारीनै नदिई कम्पनी छाड्नेहरुको कारणले कम्पनीलाई समेत अप्ठेरो पर्ने भएकाले प्रहरीमा उजुरी गरिएको बताए। साथै यदि ती दुईजना नेपालीलाई मलेसियामा कसैले देखेमा वा भेटेमा रोजगारदाता कम्पनीलाई सम्पर्क गरेर आवश्यक जानकारी दिएर सहयोग गर्नुहुन समेत सम्पुर्णमा अनुरोध गरेका छ्न।












प्रतिक्रिया लेख्नुहोस्:-