बैदेशिक पोष्ट
२०८२ फाल्गुन ३, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

इजरायल जान दलालको पछि नलाग्नू, वैदेशिक रोजगार विभाग

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
भदौ २९, २०७८ १५;३३ मध्यान्ह प्रकाशित
इजरायल जान दलालको पछि नलाग्नू, वैदेशिक रोजगार विभाग
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ — इजरायलको दीर्घकालीन स्याहार सेवा केन्द्रमा सहयोगीका रूपमा जान इच्छुक श्रमिक छनोट गर्न सोमबार भाषा परीक्षा सम्पन्न भएको छ । इजरायलले भाषा परीक्षा सञ्चालन गर्ने सबै जिम्मेवारी नेपाललाई दिएको छ । वैदेशिक रोजगार विभागका अनुसार काठमाडौंका १६ वटा केन्द्रमा भएको परीक्षामा ७ हजार ९ जना सहभागी भएका छन् । पहिलो चरणमा छानिने हजार जनामध्ये ७ सय जना महिला र ३ सय जना पुरुष हुनेछन् ।

विभागले श्रमिक छनोट प्रक्रिया निष्पक्ष, पारदर्शी र मर्यादित हुने भएकाले एजेन्टको पछाडि नलाग्नसमेत सचेत गराएको छ । ‘अहिले हामीलाई पारदर्शी ढंगले एक हजार कामदार छनोट गर्ने जिम्मेवारी छ । यसमा नेपाल सरकार सफल भएमा थप २५ सय जनाको कोटा आउँछ,’ विभागका निर्देशक डम्बरबहादुर सुनुवारले भने, ‘त्यसकारण पनि हामी छनोटमा कुनै खालको प्रश्न नआओस् भनेर काम गरिरहेका छौं ।’ यसअघि इजरायलले भर्ना प्रक्रिया अपारदर्शी भएको भन्दै नेपालबाट कामदार लैजान रोकेको थियो ।

‘लोक सेवा आयोगको परीक्षा पद्धति अनुशरण गरिएको छ । हामीले अपनाएका विधि, प्रक्रिया अत्यन्तै निष्पक्ष र मर्यादित छन्,’ सुनुवारले भने, ‘सरकारको छनोट प्रक्रियामा विश्वास गर्न आग्रह गर्छु ।’ उनले छनोट प्रक्रियामाथि प्रश्न उठे भविष्यमा थप नेपालीका लागि रोजगारीको बाटो बन्द हुने भएकाले आफूहरूले निकै ध्यान दिएको बताए । ‘इजरायलले नेपाल सरकारलाई जसरी विश्वास गरेको छ, त्यसलाई प्रमाणित गर्नुपर्ने अवस्था छ । यो मोडल सफल भए थप नेपाली जान पाउने अवस्था छ,’ उनले भने ।

इजरायलसँगको श्रम सम्झौता तथा कार्यान्वयन सम्झौताबमोजिम कामदार पठाउनका लागि छनोट प्रक्रियालाई सहजीकरण गर्न र आवश्यक निर्देशन दिन श्रम सचिवको संयोजकत्वमा एक निर्देशक समिति बनाएको छ । जसमा परराष्ट्र, कानुन, श्रम मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार विभागका महानिर्देशक छन् ।

सरकारी संयन्त्रमार्फत भर्ना प्रक्रिया सञ्चालन भए पनि लागत खर्च भने कामदारले नै बेहोर्नुपर्नेछ । भिसा शुल्क मात्रै सम्बन्धित रोजगारदाता आफैंले बेहोर्नेछ । ‘हवाई भाडा, बिमा, स्वास्थ्य परीक्षण कल्याणकारी कोषको रकम श्रम स्वीकृति लाग्ने खर्च रोजगारदाताले बेहोर्ने भनी रोजगारदाताले उल्लेख भएकामा सोहीबमोजिम र नबेहोर्ने अवस्थामा सम्बन्धित व्यक्तिले बेहोर्नुपर्नेछ,’ निर्देशिकामा उल्लेख छ ।

इजरायल जान फाराम भरेका व्यक्तिहरूलाई नाम निकालिदिन्छु भन्दै एजेन्टले कागजात र रकम उठाउन थालेको विषयमा विभागले चासो प्रकट गरेको छ । ‘छनोटमा हाम्रो सेटिङ छ, संलग्नता छ भनेर कसैले प्रवेश पत्र मागेको वा रकम जम्मा गर्न लगाएको छ भने सजग रहनुहोला,’ निर्देशक सुनुवारले भने, ‘जसको नाम निस्कन्छ, त्यो उसको क्षमताले निस्कने हो ।’ उनले छनोटमा कसैको सेटिङ गर्न नसक्ने गरी प्रणाली बनाइएको दाबी गरे । ‘परीक्षा कापी मान्छेले जाँच्ने होइन ।

अप्टिकल मार्क रिड मेसिनबाट कापी जाँचिन्छ । प्रश्न पनि सुरक्षा घेरामा मुद्रण विभागमा छापिएको छ,’ उनले भने, ‘यसरी लिइएको परीक्षामा पास भएकाले अन्तर्वार्ता दिने हो । त्यो नम्बरको आधारमा हामी प्राप्त माग संख्याभन्दा २५ प्रतिशत बढीको सूची इजरायल पठाउँछौं ।’ उक्त सूचीबाट इजरायलको पपुलेसन एन्ड इमिग्रेसन अथोरिटी (पीआईबीए) ले गोला प्रथाबाट छनोट गर्नेछ । पीआईबीएले छनोट गरी पठाएको व्यक्ति र रोजगारदाताबीच रोजगार सम्झौता हुन्छ ।

कमाइ र कार्यस्थलको हिसाबले इजरायल दक्षिण कोरियाभन्दा पनि आकर्षक गन्तव्य मानिन्छ । इजरायल जाने कामदारको न्यूनतम तलब १५ सय ४३ डलर (झन्डै १ लाख ८३ हजार रुपैयाँ) छ । सन् २००९ सम्म म्यानपावर कम्पनीबाट नै कामदारको छनोट हुने गरेको थियो । म्यानपावर कम्पनीले जाने कामदारसँग १२ लाख रुपैयाँसम्म असुल गरेपछि नेपालबाट श्रमिक लैजान नै बन्द भयो । इजरायल बन्द भएको झन्डै ११ वर्षपछि सरकारी संयन्त्रबाट नेपाली श्रमिक लैजाने प्रक्रिया पुनः सुरु भएको हो ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!