काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा ओमानले नेपालसँगकाे खेलमा पहिलाे ओभरमै सफलता हात पारेकाे छ ।
नेपालका कुशल भुर्तेल पहिलाे ओभरकाे दाेस्राे बलमै आउट भएका छन् । ओमानका बिलाल खानकाे बलमा कुशल सुरज कुमारकाे हातबाट क्याच आउट भएका हुन् । हिजाे अमेरिकासँगकाे खेलमा ८४ रन बनाएका कुशलले आज राम्राे प्रदर्शन गर्न सकेनन् ।
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पुरुष क्रिकेट टोलीले ओमानसँगकाे खेलमा ब्याटिङ गरिरहेकाे छ । अल अमिरात मैदानमा टस जितेर ब्याटिङ गरेकाे नेपालले ३० ओभर २ बलमा एक सय ३० रन हुँदा पाँचाैँ विकेट गुमाएकाे छ । साेमपाल कामी सात रनमा रन आउट भए ।
प्रतिक्रिया लेख्नुहोस्:-