काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।
तेजावी सुन तोलाको ९० हजार ७ सय रुपैयाँमा काराेबार भइरहेकाे छ । यस्तै, चाँदीको मूल्य स्थिर रहेको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। मंगलबार पनि चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भएको थियो।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-