काठमाडौँ- सिटी एक्प्रेस मनि ट्रान्फरले र युरोपको टेरा पेमेन्ट सर्विसबीच रेमिटान्स कारोबार सुरु भएको छ । युरोपमा रहेका नेपालीहरुले टेरा पेको सेवा प्रयोग गरी युरोप तथा ७९ अन्य देशहरुबाट सिटी एक्सप्रेसमार्फत नेपालमा पैसा पठाउन सक्नेछन् ।
नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजार भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने सिटी एक्प्रेसले जनाएको छ । नेपालको जुन सुकै बैंकको खातामा पनि रकम गर्न सकिने छ । सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र टेरा पेको तर्फबाट सह संस्थापक एनि सेनले हस्ताक्षर गरे ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-