कतारको बहुप्रतिष्ठित कम्पनि Urban Hospitality Services Qatar मा नेपाली महिला तथा पुरुष कामदारको माग गरेको छ । Urban Hospitality Services Qatar कम्पनीले बिभिन्न पोस्टका लागि १४९ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ४१,९७७/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ४१ हजार माथि रहेको छ । इच्छुक कामदारले इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा लि को कार्यालय ग्वार्को -०७, ललितपुर मा असोज ७ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
साथै इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. को कुनै पनि मध्यस्थकर्ता वा शाखाहरु नरहेको जानकारी दिएका छन् । बैदेशिक रोजगारमा जाने कामदारहरु बाट इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि. ले कुनै किसिमको भुक्तानी नलिने यसको मतलब कुनै भर्ती शिल्क नलाग्ने, प्रक्रिया शुल्क नलाग्ने. तलब कटौती नहुने, नगर जम्मा गर्नु नपर्ने तथा कुनै पनि प्रकारको शुल्क तिर्नु नपर्ने जनाएको छ ।
इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.ले आवेदकहरुलाई कुनै मध्यस्तकर्ता वा बिचौलियाको प्रयोग बिना सिधा आबेदन गर्न आग्रह गरेको छ । आवेदक वा आवेदकका परिवारका सदस्यहरुले यस भर्तीको लागि कुनै प्रकारको शुल्क तिर्नु पर्ने छैन ।
थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-