काठमाडौं:= अनतराष्ट्रिय डिग्री लिन विदेशी विश्वविद्यालयमा भर्ना भएका करिब सात हजार विद्यार्थी अन्योलमा परेका छन् ।डेढ वर्षको अवधिमा अष्ट्रेलिया र जापानका विशवविद्यालय तथा कलेजमा भर्ना भएर भीसासमेत लिएका उनीहरुको सात अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
कोभिड १९ को जोखिम उच्च भएपछि जापान, अष्ट्रेलिया, न्युजिल्याण्डलगायतका देमा अध्ययनका लागि जान नपाएपछि भर्ना भएक विद्यार्थी अन्योलमा परेका हुन् । डेढ वर्षको अवधिमा भिसा पाएर करिब चार हजार विद्यार्थी अष्ट्रेलिया जान पाएका छैनन् । विश्वविद्यालयमा भर्ना गर्नेले कम्तीमा ६ महिनाको भोकेसनल विषय अध्ययन गर्नेले एक वर्षको औसतमा प्रतिविद्यार्थी १२ लाख रुपैयाँ बुझाएका छन् ।
यस हिसाबले करिब ४ अर्ब ८० करोड रुपैयाँ अष्ट्रेलिया गएको छ । जापानका लागि ६ हजार विद्यार्थीके सीओई आए पनि तीन हजारको हाराहारीले शैक्षिक संस्थामा औसत प्रतिविद्यिार्थी सात लाख रुपैयाँ बुझाएका छन् । अभिभावकले ऋण खोजेको दुई अर्ब १० करोड जापान पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-