काठमाडौं, ३० भदौ । बहुचर्चित क़तार प्रहरीसंबन्धि माग बिबादमा परेको छ । कतारस्थित नेपाली दुतावासले कतार प्रहरीका लागि पठाएको दुईसय जनाकाे डिमाण्ड रद्ध गरेपछि सो माग नै बिबादमा परेको हो । कतारकाे आन्तरिक मन्त्रालयले नेपालकाे अल ताैक्वेत आेभरसिज नेपाल प्रालिलाई दुईसय जनाकाे डिमाण्ड पठाएको थियाे । अल ताक्वेतले कामदार भर्ना प्रकृया जारी राखेको अवस्थामा नेपाली दुतावासले कामदार पठाउने तयारी रद्ध गर्न विभागलाई पत्र पठाएको हाे ।
श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार प्रहरीकाे डिमाण्ड श्रम संझाैता अनुसार प्रमाणीकरण गर्न अनुमति दिएको केही दिनपछि नेपाली दुतावासले अल तैकेत आेभरसिज नेपाल प्रा.लि.ले ल्याएको माग रद्ध गरेको हाे । दुतावासले विभागलाई पठाएको पत्रमा कतारकाे आन्तरिक मन्त्रालयले नेपालकाे अल ताक्वेत आेभरसीज नेपाल प्रा.लि (लाईसेन्स नं २७९/०५८/०५९) मार्फत २ सयजना प्रहरी कर्मचारी लिने गरि पेश गरेकोमा कतारकाे आन्तरिक मन्त्रालयले अन्यत्रबाट पदपूर्ति भएको उल्लेख छ। पत्रमा उल्लेखित भाषामा कतार प्रहरीका लागि नेपालबाट कामदार लैजान प्रकृया रद्ध नगरी अल ताक्वेत आेभरसिज नेपाल प्रा.लि.ले ल्याएको माग मात्र रद्ध भएको देखिएको छ। कतार प्रहरीमा कोरिया र इजरायलमा जस्तै सरकारी स्तरबाट पठाउने चर्चा यसअघि नचलेको होइन । तर सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ ।
कतारले एक वर्षअघि नै करिब १० हजार नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न चाहेको थियो । तर नेपालबाट प्रष्ट निर्देशन नजाँदा त्यो विषय अन्योलमा परेको थियोे । सरकारको अनुमति बिना यसअघि गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको भन्ने विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो । कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ । उनीहरुले हतियार बोक्नु पर्ने छैन ।कतार प्रहरीमा काम गर्ने नेपालीहरुले मासिक करिब दुई लाख तलव पाउने छन् । उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने व्यवस्था छ। यो समाचार मध्यान्ह दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया लेख्नुहोस्:-