बैदेशिक पोष्ट
२०८२ साउन १, बिहिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

तरलता अभाव : बैङ्कमा रकम जम्मा गर्नेलाई अब १०.०७ प्रतिशतसम्म ब्याज

निक्षेपसँगै कर्जातर्फ पनि बढ्यो

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
भदौ ३१, २०७८ १५;१३ मध्यान्ह प्रकाशित
तरलता अभाव : बैङ्कमा रकम जम्मा गर्नेलाई अब १०.०७ प्रतिशतसम्म ब्याज
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

तरलता (लगानी योग्य रकम) अभावबीच वाणिज्य बैङ्कहरूले निक्षेपकर्ता आकर्षित गने गरी धमाधम निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्न थालेका छन् ।
बिहीबार मात्र २५ वटा वाणिज्य बैङ्कहरूले नयाँ ब्याजदर प्रस्ताव गरेका हुन् । सरकारी दुईवटा बैङ्कहरू राष्ट्रिय वाणिज्य बैङ्क र कृषि विकास बैङ्कसँगै अन्य २३ वटा वाणिज्य बैङ्कहरूले निक्षेपमा नयाँ ब्याजदर तोकेका हुन् ।

नबिल बैङ्क, एभरेस्ट बैङ्क, नेपाल एसबीआई बैङ्क, सनराइज बैङ्क, सेञ्चुरी बैङ्क, बंगलादेश बैङ्क, एनएमबी बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, हिमालयन बैङ्क, प्रभु बैङ्क, माछापुच्छ्रे बैङ्क, एनसीसी बैङ्क, सिभिल बैङ्क, सानिमा बैङ्क र प्राइम बैङ्कले बिहीबार बिहानै नयाँ प्रस्तावित ब्याजदर सार्वजनिक गरेका छन् । यी बैङ्कहरूले न्यूनतम आठदेखि अधिकतम १०.०७ प्रतिशतसम्म ब्याजदर प्रस्ताव राखेका छन् ।

सनराइज बैङ्कले अहिलेसम्मकै बढी अर्थात् अधिकतम १०.०७ प्रतिशतको निक्षेप ब्याजदर प्रस्ताव गरेको छ । साधारण बचतमा ५.०७ प्रतिशत ब्याजदर दिने घोषणा गरेको बैङ्कले मुद्दती बचतमा न्यूनतम ५.०७ प्रतिशत देखि अधिकतम १०.०७ प्रतिशतसम्म दिने घोषणा गरेको हो । यता, लगानीतर्फ भने बैङ्कले आफ्नो आधारदरमा अधिकतम ६ प्रतिशतसम्म प्रिमियम जोडेर लिने जनाएको छ । गत साउन मसान्तसम्म यो बैङ्कको आधारदर ७.०१ प्रतिशत रहेको थियो ।

यस्तै, सानिमा बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम ४.२५ प्रतिशतदेखि अधिकतम १०.०१ प्रतिशत ब्याजदर प्रस्ताव गरेको छ । साधारण निक्षेपमा ३ देखि ५ प्रतिशत ब्याजदर दिने घोषणा गरेको बैङ्कले मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि अधिकतम १०.०१ प्रतिशत ब्याज दिने घोषणा गरेको हो । यता, कर्जा लगानीतर्फ भने बैङ्कले हालको ६.१४ प्रतिशतमा थप ७ प्रतिशत प्रिमियम थपेर लिने जनाएको छ ।

अन्य बैङ्कहरू कसको कति ?
प्राइम बैङ्क :
साधारण निक्षेपमा ४.७६ देखि ५.७६ प्रतिशतसम्म ब्याजदर घोषणा गरेको बैङ्कले मुद्दती निक्षेपमा अधिकतम ८ देखि ९.७६ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ भने हाल कायम रहेको ७.२१ प्रतिशतको आधारदरमा थप ६.९९ प्रतिशत प्रिमियम थपेर ब्याज लिने जनाएको छ ।

नबिल बैङ्क :
गत वर्षको वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल नबिल बैङ्कले निक्षेप ब्याजदरमा न्यूनतम ४.२६ देखि अधिकतम ९.२६ प्रतिशत घोषणा गरेको छ । साधारण बचतमा ४.२६ प्रतिशत देखि ६.२६ प्रतिशत ब्याज दिने बताएको बैङ्कले मुद्दती निक्षेपमा ६.५१ प्रतिशतदेखि अधिकतम ९.२६ ब्याजदर घोषणा गरेको हो । उता, कर्जाको ब्याजदर भने बैङ्कले हालको ५.५२ प्रतिशतमा १.५ देखि अधिकतम ६ प्रतिशतसम्म प्रिमियम थपेर लिने जनाएको छ ।

एनसीसी बैङ्क :
यस्तै, एनसीसी बैङ्कले साधारण निक्षेपमा ४.२६ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने जनाएकोमा मुद्दती निक्षेपमा अधिकतम ९.२६ प्रतिशतसम्मकै ब्याज दिने घोषणा गरेको छ । त्यस्तै, कर्जातर्फ भने बैङ्कले हालको आफ्नो आधारदरमा २ देखि ५ प्रतिशत ब्याज थपेर लिने जनाएको छ । हाल बैङ्कको आधारदर ७.५७ प्रतिशत रहेको छ ।

सिभिल बैङ्क :
सिभिल बैङ्कले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ७.५५ देखि ९.२५ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । त्यस्तै, कर्जातर्फ बैङ्कको आधारदरमा न्यूनतम २ देखि ७ प्रतिशत प्रिमियम जोडेर ब्याज लिने जनाएको छ । हाल बैङ्कको आधार दर ७.८९ प्रतिशत रहेको छ ।

सेञ्चुरी बैङ्क :
सेञ्चुरी बैङ्कले साधारण बचतमा ४.२५ प्रतिशतदेखि ६.२५ प्रतिशतसम्म र मुद्दती निक्षेपमा ८ प्रतिशतदेखि अधिकतम ९.२५ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यता कर्जा लगानीतर्फ भने बैङ्कले आफ्नो आधारदरमा ४.५० प्रतिशतदेखि ६ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज लिने बताएको छ । हाल बैङ्कको आधारदर ७.५५ प्रतिशत रहेको छ ।

एनएमबी बैङ्क :
एनएमबी बैङ्कले साधारण बचतमा ४.५२ प्रतिशत देखि ६.५२ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै, मुद्दती निक्षेपमा बैङ्कले अधिकतम ९.०२ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ भने बैङ्कले आधारदरमा २ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर लिने जनाएको छ ।

नेपाल बंगलादेश बैङ्क :
नेपाल बंगलादेश बैङ्कले बचतमा ३.७६ अधिकतम ८.७६ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । आधारदरमा १ देखि ५ प्रतिशतसम्म प्रिमियम थपेर कर्जा प्रवाह गर्ने बैङ्कले जनाएको छ ।

एसबीआई बैङ्क :
नेपाल एसबीआई बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम ३.५५ प्रतिशतदेखि अधिकतम ९.०२ प्रतिशत ब्याज दिने बताएको छ । यता, कर्जातर्फ भने बैङ्कले आफ्नो आधारदरमा अधिकतम ५ प्रतिशतसम्म ब्याज जोडेर लिने जनाएको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैङ्क :
स्ट्याण्डर्ड चार्टर्ड बैङ्कले निक्षेप सङ्कलनमा न्यूनतम २ प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यता कर्जातर्फ आधारदरमा २ देखि ४.५ प्रतिशत प्रिमियम थपेर लिने जनाएको छ ।

एभरेस्ट बैङ्क :
एभरेस्ट बैङ्कले निक्षेपमा न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ८.६१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । कर्जातर्फ ९ प्रतिशतदेखि अधिकतम १४ प्रतिशतसम्म ब्याज लिने बैङ्कले जनाएको छ ।

प्रभु बैङ्क :
प्रभु बैङ्कले निक्षेपमा न्यूनतम ३.२५ प्रतिशतदेखि अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदरको प्रस्ताव गरेको गरेको छ । कर्जातर्फ भने बैङ्कले आफ्नो आधारदरमा २ देखि ७ प्रतिशतसम्म प्रिमियम जोडेर लिने जनाएको छ ।

हिमालयन बैङ्क :
हिमालयन बैङ्कले साधारण निक्षेपमा ४.२५ प्रतिशतदेखि ६.१५ प्रतिशतसम्म ब्याजदर दिने घोषणा गरेकोमा मुद्दती निक्षेपमा अधिकतम ५ प्रतिशतदेखि ८ प्रतिशतसम्म दिने घोषणा गरेको छ । कर्जातर्फको ब्याजदर भने उल्लेख गरेको छैन ।

माछापुच्छ्रे बैङ्क :
बैङ्कले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म ब्याज दिने उल्लेख गरेकोमा मुद्दती निक्षेपमा अधिकतम ८.२५ प्रतिशतदेखि ८.७५ प्रतिशतसम्मको घोषणा गरेको छ । यता, कर्जातर्फ भने बैङ्कले आधारदरमा १ प्रतिशतदेखि ७ प्रतिशतसम्म जोडेर लिने जनाएको छ ।

एभरेस्ट बैङ्क :
नयाँ प्रस्तावित ब्याजदरमा एभरेस्ट बैङ्कले निक्षेपमा न्यूनतम ३.६१ प्रतिशतदेखि अधिकतम ८.६१ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । यता कर्जा तर्फ भने ९ देखि १४ प्रतिशतसम्म जाने जनाएको छ । ु

सरकारी दुई बैङ्क ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र ‘कृषि विकास बैङ्क’
सरकारी स्वामित्वको दुईवटा बैङ्क, ‘राष्ट्रिय वाणिज्य बैङ्क’ र ‘कृषि विकास बैङ्क’ ले निक्षेपमा न्यूनतम ३.०६ प्रतिशतदेखि अधिकतम ८.६० प्रतिशतसम्म ब्याजदर घोषणा गरेका छन् । तुलनात्मक रूपमा वाणिज्य बैङ्कलाई पछि पार्दै विकास बैङ्कले निक्षेप सङ्कलनमा बढी ब्याजदर प्रस्ताव गरेको छ । राष्ट्रिय वाणिज्य बैङ्कले मुद्दती निक्षेपमा ८.०६ प्रतिशतको ब्याजदर प्रस्ताव गर्दै गर्दा यता कृषि विकास बैङ्कले अधिकतम ८.६० प्रतिशतको प्रस्ताव गरेको छ ।

यता कर्जातर्फ भने बैङ्कहरूले क्रमशः आधारदरमा अधिकतम ३ प्रतिशत र ५ प्रतिशत प्रिमियम जोडेर दिने जनाएका छन् । हाल वाणिज्य बैङ्कको आधारदर ५.४१ प्रतिशत र विकास बैङ्कको ७.१३ प्रतिशत रहेको छ ।

यस्तै, पछिल्लो समय एनआइसी एशिया बैङ्क, कुमारी बैङ्क, नेपाल बैङ्क, सिटिजन बैङ्क, बैङ्क अफ काठमाडौं बैङ्क, सिद्धार्थ बैङ्क, नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क, एनएमबी बैङ्क र ग्लोबल आईएमई बैङ्कले समेत निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । यी बैङ्कहरूले न्यूनतम २ प्रतिशतदेखि अधिकतम १०.०७ प्रतिशतसम्मको ब्याजदर घोषणा गरेका हुन् । बैङ्कहरूले सार्वजनिक गरेको नयाँ ब्याजदर असोज १ देखि लागू हुनेछ ।

बैङ्किङ क्षेत्रमा तरलता अभाव भएपनि व्यवस्थापन गर्न बैङ्कहरूमाथि निक्षेपमा ब्याजदर बढाउनुपर्ने बाध्यता आइलागेको हो । त्यसो त, यसअघि नियामक निकाय राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाहरूलाई कर्जा नभएर निक्षेपमा ब्याजदर वृद्धि गर्न सुल्झाएको थियो ।

बजारको तरलता अभावलाई नै मध्यनजर गर्दै राष्ट्र बैङ्कले पछिल्लो ४ दिनमा मात्र ५८ अर्ब रुपैयाँको वैधानिक तरलता सुविधा (एसएलएफ) पठाइसकेको छ । आज (बिहीबार) मात्रै बैङ्कले २० अर्ब रुपैयाँ बराबरको अल्पकालीन तरलता प्रवाह उपकरण (रिपो) जारी गर्दैछ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
बैदेशिक पोष्ट

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!