बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वैदेशिक रोजगारीको एक दशकको अनुभवपछि गाउँ फर्केर तरकारी खेती

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास, बिजनेश
अशोज १, २०७८ ११;१० बिहान प्रकाशित
वैदेशिक रोजगारीको एक दशकको अनुभवपछि गाउँ फर्केर तरकारी खेती
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

अहो! तरकारी खेती गर्दागर्दै कति छिटो २६ वर्ष भइसकेछ, मलाई त हिजोआज जस्तै लाग्छ त! एकराज गौतमलाई तरकारी खेतीमै आफ्नो समय बितेको पत्तो छैन। व्यवसायिक रूपमा तरकारी खेती गरेको समय गन्ती गर्दा जीवनको साढे दुई दशकको समय नाघिसक्यो। यसबाट सफलता पाउँदै गर्दा झन् व्यवसायतर्फ मोह बढिरहेको छ। रामपुर नगरपालिका–५ राङभाङका गौतमलाई अझै पनि यो व्यवसायबाट टाढा रहन मन छैन। उनको परिवारको दरिलो आम्दानी नै तरकारी खेती बनेको छ।

उनी भन्छन्, ‘तरकारी खेतीबाट राम्रै सफलता पाएँ, छोराछोरीको पढाइ खर्च, घरायसी खर्च राम्रोसँग चलेको छ, निरन्तर लागि परे फाइदा पनि राम्रै छ।’
रोजगारको सिलसिलामा दुई दशक भारतमा बिताएका गौतमले गाउँ फर्केलगत्तै तरकारी खेती सुरू गरेका हुन्। तरकारी खेतीबाट उनले दाममात्र नभई समाजमा राम्रो पहिचान बनाएका छन्। यसै व्यवसायबाट गौतमले घरायसी खर्च, चार छोराछोरीको पढाइ खर्च राम्रैसँग धानेका छन्। उनी मौसमी तथा बेमौसमी जातका तरकारी लगाएर वार्षिक रु छ लाख बराबरको कमाइ गर्छन्।

‘जति कमाइ गरेको छु, त्यसमा सन्तुष्ट छु, पाँच/सात रोपनी जति जग्गामा तरकारी हुन्छ, अन्य जग्गामा अन्नबाली लगाएको छु, यसमै आनन्दको जीवन जिउन पाएको छु,’ गौतमले हँसिलो मुद्रामा भने। गौतमले बाह्रैमास विभिन्न जातका तरकारी उत्पादन गर्छन्। घरबाटै धमाधम बिक्री हुने हुँदा व्यवसायमा झन्झट छैन। अहिले उनले टनेलभित्र लगाएको गोलभेँडाको उत्पादन सुरू हुँदैछ भने काउली र बन्दा लगाउने तयारी गरेका छन्।

तरकारी उत्पादन हुनु अगावै माग गर्ने हुँदा व्यापारीलाई पुर्‍याउन नसकिएको उनकी श्रीमती टिकीसरा गौतम बताउँछिन्। ‘तरकारीको फल लाग्न सुरू भएपछि टिप्नुभन्दा पाँच/सात दिनअघि नै व्यापारीले माग गर्छन्, उत्पादन गरेमात्रै भयो, तरकारी बेच्ने पिरलो छैन,’ उनले भनिन्।

सुरूका वर्ष डोकोमा बोकेर बजारमा पुर्‍याउने गौतम दम्पती अहिले घरमै गाडी लिएर तरकारी खरिद गर्न व्यापारी आउँदा दंग छन्। श्रीमान श्रीमतीको दिनचर्या नै तरकारी लगाउने र गोडमेल गर्दैमा बित्छ। यस्तै, रामपुर नगरपालिका–४ देविस्थानका दिलबहादुर थापाले वैदेशिक रोजगारीको एक दशकको अनुभवपश्चात् गाउँ फर्केर तरकारी व्यवसाय सुरू गरेका छन्।

उनले तीन वर्षअघि ‘हाम्रो आधुनिक कृषि फार्म’ दर्ता गरी करिब दश रोपनी जग्गामा तरकारी व्यवसाय थालनी गरेका हुन्।तरकारी खेतीसँगै सयपत्री फूल खेतीमा पनि उनले जोड दिएका छन्। थापाको फार्ममा हाल बोडी, सिमीलगायत तरकारीको उत्पादन भइरहेको छ भने दसैं तिहार पर्वलाई लक्षित गरी काउली, बन्दा र सयपत्री फूल लगाएका छन्।

‘दश वर्षसम्म बहराइन बसियो, विदेशको धेरै अनुभव भयो, त्यहाँको पीडा र व्यथा जसले भोग्यो उसलाई मात्रै थाहा हुन्छ, अहिले गाउँ फर्केर तरकारी लगाउन थालेपछि परिवारको साथमा खुसीसाथ जीवन बिताएको छु,’ थापाले भने।

प्रयोगमा नआएको जग्गा भाडामा लिएर थापाले तरकारी व्यवसाय सुरू गरेका हुन्। अहिले त्यही पत्थरिलो जमिनमा हरियाली तरकारी फलेर लाखौंको आम्दानी होला भन्ने कसैलाई पत्यार लागेको थिएन। त्यही पत्थरिलो जमिनबाट उनले हाल वार्षिक रु पाँच लाख आम्दानी हुने गरेको छ। समय अनुसारका तरकारी लगाउन प्रविधि नजान्दा समस्या परेको उनको अनुभव छ।

स्थानीय सरकारले अनुदानका कार्यक्रम मात्र नभई किसानलाई दीर्घकालीन समयसम्म टिक्ने प्रविधि दिएमा तरकारीबाट धेरै कमाउन सकिने थापाको अनुभव छ। अब दश रोपनी जग्गा थप गरी २० रोपनीमा तरकारी लगाएर वार्षिक रु दश लाख कमाउने योजना रहेको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन्।

रामपुर नगरपालिकामा पछिल्लो समय व्यवसायिक तरकारी खेतीमा किसान आकर्षित भएका छन् भने धेरै किसान व्यवसायउन्मुख बनेको कृषि शाखा प्रमुख रामहरि पाण्डेय बताउँछन्।

पाण्डेयका अनुसार रामपुर नगरपालिकाले व्यवसाय दर्ता गरेका वा समूहमा आबद्ध किसानलाई उन्नत तथा वर्णाशङ्कर तरकारीको बीउ, तरकारी टनेल, विषादी छर्ने स्प्रेयर, मल्चिङ्ग, थोपा सिँचाइ सेट, प्लाष्टिक पोखरी सिटलगायत कृषिजन्य सामग्री अनुदानमा उपलब्ध गराउँदै आएको छ।

‘केही किसानले दीर्घकालीन रूपमा व्यवसाय गर्ने गरी सोही अनुसारको संरचना तयार पारी तरकारी खेतीमा लाग्नुभएको छ, व्यवसायउन्मुख हुँदै गरेका किसानले पनि क्रमश: जग्गा विस्तार गरी व्यवसायमा लाग्न थालेको पाइएको छ, कार्यालयमा तरकारी खेती गर्न इच्छुक किसान बेलाबेलामा परामर्श लिन आउने गर्नुहुन्छ,’ पाण्डेयले भने।

मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने ठूला व्यवसायिक किसानलाई अनुदानसमेत दिन थालिएको छ। कृषि शाखाबाट किसानलाई वातावरणमैत्री, जैविक विषादी उपलब्ध र प्राविधिक ज्ञानका लागि स्थलगत घुम्ती तालिम किसानका खेतबारीमै सञ्चालन गरिँदै आइएको छ। खेतबारी खनजोतका लागि हाते ट्र्याक्टर जस्ता साना कृषि औजार तथा उपकरण अनुदानमा उपलब्ध गराइएको छ। कृषि शाखाको सहयोगमा विभिन्न कृषि सामग्री तथा बीउ बिजन, तालिम, प्राविधिक ज्ञान सीप पाएपछि यहाँका किसान मौसमी तथा बेमौसमी तरकारी खेतीमा लागेका छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!