यु.ए.ई.को बहुप्रतिष्ठित कम्पनि Spark Security Services Sole Proprietorship UAE मा नेपाली पुरुष कामदारको माग गरेको छ । Spark Security Services Sole Proprietorship UAE कम्पनीले सेक्युरिटी गार्ड पोस्टका लागि १०० जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । न्यूनतम तलब ६३,९६१/- सम्म रहने कम्पनीको डिमाण्ड लेटर मा उल्लेखित छ ।
तलब खान बस्न सहित ६३ हजार माथि रहेको छ । इच्छुक कामदारले अल जराफा ह्युमन रिसोर्स कन्सल्टेन्ट प्रा. लि. को कार्यालय सिनामंगल NIC ASiA Bank संगै, काठमाडौँ मा असोज ८ गते अन्तरवार्ता दिनु पर्ने छ । स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क, भिसा शुल्क, विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च र हवाई टिकट रोजगारदाता कम्पनीले नै बेहोर्ने छ ।
साथै कम्तिमा SLC पास र इंगलिस भाषा बोल्न, लेखन र पढ्न सक्ने हुनु पर्नेछ । उमेर २१ बर्ष भन्दा माथि ४० बर्ष ननाघेको र उचाई ५ फित ६ इन्च भन्दा माथि हुनु पर्ने छ । थप जानकारीको लागि वा डिमाण्ड हेर्नका लागि www.baideshikjobs.com मा जानु होला ।
प्रतिक्रिया लेख्नुहोस्:-