काठमाडौं – यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला १२०० रुपैयाँले घटेको छ । गएको आइतबार प्रतितोला ९० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबार ८९ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य ४०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ६५० रुपैयाँ रहेको छ । यस्तै अहिले चाँदी प्रतितोला एक हजार १९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-