टोकियो, जापान, कोरोना भाइरस खोप लगाउन बिधार्थी र कामदारहरुलाई समय अपायक परेपछि राजधानी टोकियोमा साँझको समयमा खोप लगाउन थालियो |
शुक्रबार साँझबाट मध्य टोकियोमा बिधार्थी र कामदार लक्षित कोरोना भाइरस खोप संचालन थालिएको हो | आयोजकहरुका अनुसार यो उधेश्य दिनको समयमा काम गर्ने वा अध्यन गर्ने मानिसहरुले सहज रुपमा खोप लगाउन सकुन भन्ने लक्ष्य रहेको छ |
खोप केन्द्र मध्य टोकियोको निमातो वार्डमा रहेको टोकियो ग्राण्ड होटेलको ब्यन्क्वेट हलमा राखिएको छ | जहाँ हरेक शुक्रबार साँझ ७ बजेबाट बिधार्थी र कामदारहरुले खोप लगाउन सक्छन | यसको लागि अग्रिम खोपको लागि बुकिंग गराउनु पर्ने छ |
अधिकारीहरुका अनुसार पहिलो दिनमै २३० जनाले कोरोनाको खोप लगाउनु बुकिंग गरेका थिए | यहाँ दैनिक ४ सय व्यक्ति खोप लगाउने लक्ष्य आयोजकले राखेको जनाएको छ |
प्रतिक्रिया लेख्नुहोस्:-