जनउद्वार केन्द्र मलेसियाले मलेसियामा सुरक्षागार्डले भोग्दै आएका समस्या र तिनको समाधान बिसयमा भर्चुअल मार्फत अंतरक्रीया कार्यक्रम संम्पन्न गरेको छ । मलेसियामा रहेका सकृय संघ सस्था बुद्धिजिबि पत्रकार समस्यामा रहेका सुरक्षागार्डहरु र नेपाली राजदुतावास का श्रम कन्सुलर साखा प्रमुख दिपक ढकालको समेत उपस्थिमा कार्यक्रम संम्पन भएको हो।
कार्यक्रममा समस्यामा परेका सुरक्षागार्ड हरुका प्रस्न लाई प्राथमिकता दिदै उठेका प्रस्नहरुको जवाफ दूतावास का श्रम कन्सुलर साखा प्रमुख दिपक ढकालले उहाँ हरुको प्रस्नको जवाफ दिनुभएको थियो ।
श्रम कन्सुलर साखा प्रमुख दिपक ढकालले श्रम सम्बन्धि आएका गुनासा कुनैपनी समस्या आफुले समाधान गर्ने बताउदै वापसिक सहयोग गरागर गर्दै समाधान खोजीनुपर्ने र मलेसिया सरकार र नेपाल सरकार बीच भएको श्रम सम्झौता बिपरित मलेसिया सरकारले तोकेको मापदण्ड अनुसार को सेवा सुबिधा नपाए दूतावासमा सम्पर्क गर्न अनुरोध गर्नुभएको थियो। दुताबास मा पछिल्लो समय चाहादा चाहादै पनि जनशक्ति को कारण समयमा सबैका समस्या सुनुवाइ हुन नसकेको केही हद सम्म साचो भएता पनि सबैले टेलिफोन मार्फत मात्र नभएर लिखित निवेदन इमेल मार्फर्त राखिदिए सहज हुने भाउनुभएको थियो ।
कार्यक्रम मा गैर आवासीय नेपाली संघ मलेसिया का अध्यक्ष बिनोद थापा , मजदुर एकता समाजका अध्यक्ष अर्जुन सिंह अनुरागी , महिला अधिकारकर्मी ,समाजसेवी तथा प्रवासी नेपालि एकता संजाल कि अध्यक्ष
सपना बस्याल लगाएत ले समस्या समाधान का लागि आफुहरुले खेल्ने भुमिका र कुटनैतिक नियोग बाट हुनुपर्ने सहयोग को बारेमा बोल्नुभएको थियो ।
मलेसियामा सुरक्षागार्ड पठाउने पोलिसीनै परिवर्तनको माग दूतावासले नेपाल सरकार सङ गर्नुपर्ने र मागपत्र प्रमाणीकरण गर्दा हरेक कम्पनीमा पुगेर बस्तुगत स्थिति नेपाली कामदार हरु को अबस्था कम्तिमा बुझेर मात्रै प्रमाणीकरण गरिनुपर्ने , पटकपटक समस्या दोहोरिरहने रोजगारदाताका मागपत्र रोक्का गर्नुपर्ने लगाएत का कुराहरु अंतरक्रीया कार्यक्रम आयोजक जनउद्वार केन्द्रका अध्यक्ष केसु थापाले उठान गर्नुभएको थियो ।
प्रतिक्रिया लेख्नुहोस्:-