बैदेशिक पोष्ट
२०८२ असार २८, शनिबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

दैनिक ३० पर्यटक बस चल्नेमा अहिले ६/७ मा सीमित

दसैँमा पर्यटक बसको रुट विस्तार गर्दै व्यवसायी

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज ३, २०७८ १७;२९ मध्यान्ह प्रकाशित
दैनिक ३० पर्यटक बस चल्नेमा अहिले ६/७ मा सीमित
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौं । पर्यटक बस सञ्चालकहरूले रुट विस्तार गरेका छन् । काठमाडौं–पोखरा–काठमाडौं, काठमाडौं–सौराहा–काठमाडौं, काठमाडौं–जनकपुर–काठमाडौं, सौराहा–पोखरा–सौराहा, काठमाडौं–लुम्बिनी–काठमाडौंपछि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि विस्तार गरेको व्यवसायीले बताएका छन् ।

पर्यटक बस व्यवसायी संघका अध्यक्ष ईश्वर शर्माले आन्तरिक पर्यटक गन्तव्य भएका ठाउँहरूमा पर्यटक बस सेवा विस्तार गरिने बताए । कोभिड–१९ को प्रभाव कम हुँदै गएपछि केही समयअगाडि काठमाडौं–वीरगन्ज–काठमाडौं पनि रुट विस्तार गरेको उनले बताए ।

उनका अनुसार व्यवसायीहरूले काठमाडौं वा पोखराबाट बर्दियामा पर्यटक बस सेवा विस्तार गर्ने तयारी गरेका छन् । यसैगरी, काठमाडौं–मेघौली–काठमाडौं र पोखरा–मेखौली–पोखरा रुट पनि सञ्चालनको तयारी भइरहेको उनले बताए ।

“सरकारले १० दिन पर्यटन काज बिदाको अवधारणा ल्याएको छ । अहिले विदेशी पर्यटकको आउने सम्भावना छैन । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने र हामी पनि बाँच्ने उद्देश्यले रुट विस्तार गर्न खोजेका हौँ,” उनले भने । उनले भारतीय पर्यटकलाई लक्षित गरेर पनि पर्यटक बस सञ्चालन गर्न नेपाल पर्यटन बोर्डले समेत सुझाव दिएको बताए ।

सीमानाकाबाट पर्यटक बस सञ्चालन भए भारतीय पर्यटक धेरै भित्रिन्छन् : बोर्ड
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मी भारततर्फको सीमा क्षेत्रसम्म पर्यटक बस सञ्चालन भए भारतीय पर्यटक नेपाल आउने संख्या बढ्ने बताउँछन् । “भारतसँग सीमा जोडिएका महत्त्वपूर्ण नाकासम्म पर्यटक बस सञ्चालन छ भन्ने सन्देश दिन सकिए नेपाल भ्रमण गर्ने भारतीय पर्यटकको संख्या बढ्छ । त्यसैले नाका खुला हुनेबित्तिकै सेवा दिने तयारी गर्न व्यवसायीलाई सुझाव दिएका छौँ,” उनले भने ।

दैनिक ३० पर्यटक बस चल्नेमा ६/७ मा सीमित
कोभिड–१९ अघि दैनिक करिब ३० वटा पर्यटक बस सञ्चालनमा थिए । तर, कोडिभपछि अहिले दैनिक ६÷७ वटामा सीमित भएको शर्माले बताए । “पहिलो लकडाउनका कारण सात महिना पूर्ण रूपमा बन्द भयो । दोस्रो लकडाउनमा पनि गाडी चलेनन् । साउन ७ गतेदेखि फेरि सञ्चालन गरेका छौँ । तर, यात्रु नहुँदा थोरै संख्यामा मात्रै बस चलेका छन्,” उनले भने ।

व्यवसायीका अनुसार अहिले काठमाडौं–पोखरा दैनिक तीनवटा र काठमाडौं–सौराहा ३/४ वटा सञ्चालनमा छन् । त्यो पनि पूर्ण अकुपेन्सी नभएको शर्माले बताए । “हामी अहिले पनि ‘कोमा’बाट बाहिर आउन सकेका छैनौँ । अहिले पनि ८/१० वटा कम्पनीका गाडी ग्यारेजमै छन् । सरकारले ग्यारेजमा बसेका गाडीको नवीकरण शुल्क छुट मात्रै दिए पनि राहत हुन्थ्यो,” शर्माले बाह्रखरीसँग भने ।

नेपाल भ्रमण वर्ष २०२० लाई केन्द्रित गरेर केही ‘लक्जरी’ पर्यटक बस ल्याएको र केही गाडी कोभिडका कारण भारतबाटै ल्याउन नसकिएको उनले बताए । पर्यटक बस सञ्चालन गर्दै आएका ३७ वटा कम्पनीका करिब १०० वटा बस रहेका व्यवसायीले बताएका छन् । पर्यटक बसमा करिब एक अर्ब रुपैयाँको लगानी रहेको व्यवसायीको अनुमान छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!