विदेशी लगानीकर्ताको मूख्य आकर्षण होटलमा देखिएको छ। उद्योग विभागमा आएको वैदेशिक लगानीकर्ताको प्रस्तावित तथ्यांकअनुसार विदेशी लगानीकर्ताको आकर्षण होटलमा देखिएको हो। चालू आर्थिक वर्ष २०७८/०८९ को पहिलो दुई महिना (साउन-भदौ) मा ६ वटा देशका लगानीकर्ताले ७१ वटा परियोजना सञ्चालन गर्न प्रस्ताव गरेका छन्।
उक्त प्रस्तावअनुसार सबैभन्दा बढी पर्यटनमूलक क्षेत्रका ३० वटा परियोजना दर्ता भएका छन्। त्यस्तै, सेवामूलक २०, उत्पादनमूलक १५, कृषिमूलक ४ र ऊर्जामूलक र सूचना प्रविधिमूलक १/१ वटा परियोजना सञ्चालन गर्न प्रस्ताव आएको विभागको तथ्यांकले देखाएको छ। कुल ७१ वटा परियोजनामध्ये सबैभन्दा बढी चाइनाबाट ६२, भारतबाट ४, युएसएबाट २ र जापान, नेदरल्याण्ड र भियतनाबाट १/१ वटा छ।
त्यसमध्ये ठूला उद्योग १, मझौला २६ र साना ४४ वटा छन्। यी उद्योग सञ्चालनका लागि ११ अर्ब ७० करोड रूपैयाँ खर्चिने भएका छन्। प्रस्तावित उद्योग सञ्चालनमा आए करिब ५ हजारले रोजगारी पाउने तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष सोही अवधिमा विभिन्न देशका लगानीकर्ताले ४८ वटा परियोजनाका लागि ७ अर्ब ५५ करोड रूपैयाँ लगानी प्रस्ताव गरेका थिए।



![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/remittance-dollar.jpg?resize=360%2C180&ssl=1)








प्रतिक्रिया लेख्नुहोस्:-