टोकियो, जापान । खानागावा नेपाली कम्युनिटिको सहजिकरणमा संचालित कोरोना भाइरस बिरुद्वको सिबिरमा ४०० जना भन्दा बढिले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन् । राजधानी टोकियो र आसपासका क्षेत्रमा बसोबास गर्ने नेपालीहरुलाई लक्षित गर्दै संचालित दुई दिने खोप सिबिर सेप्टेम्बर १८ र १९ तारिख संचालन भएको थियो ।
खोप टोकियो आजाबु ज्यूबान स्टेशन नजिक कोरियन हलमा बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म संचालन भएको थियो । आफ्नो ठेगानामा सिटि अफिस बाट चिट्ठी नआएकाहरुलाई पनि भ्याक्सिन लगाउन सहज ब्यवस्था गरिएको थियो । सिबिरमा खास गरि जापानले नेपालका लागि रि इन्ट्रिको निर्णय गरेको खबरले पनि नेपालीहरुले छिटो भ्याक्सिन लगाउन खोजेको प्रतिक्रिया दिएका थिए ।
जापानमा भएका नेपालीहरुको जिवनशैली सहज बनाउने क्रममा खानागावा नेपाली कम्युनिटिले खोप लगाउने ब्यवस्था गरेको जनाएको छ । भाषाका कारण खोप लगाउने समय लिन नसकेका, भिसा भएर पनि खोप लगाउने पत्र नभएका, कार्य ब्यस्तताका कारण आज सम्म भ्याक्सिन लगाउन नपाएका हरुले पनि सेवा लिएको कमिटिका अध्यक्ष हरि सापकोटाले जानकारि दिनुभयो ।
कोरियन संस्था कोरिया मिन्दानसंगको सहकार्यमा संचालित सिबिरमा संस्थाका संयोजक योकोनि सान आफैले सेवाग्राहि को लागि सहयोगमा खटिनु भएको थियो । करिब ७५ बर्ष अगाडि स्थापना भएको कोरिया मिन्दानले जापामना भएका कोरियन लगायत बिदेशिहरुलाई पनि सामाजिक क्षेत्रमा सेवा गर्दै आईरहेको छ ।
त्यसैगरि २०१७ सालमा स्थापना भएको खानागावा नेपाली कमिटिले नेपालीसंग आपसि भाईचारा सद्भाव कायम गर्दै जापानिजहरुलाई नेपाल र नेपालको संस्कृति चिनाउने काम गर्दै आएको छ ।
उक्त सिबिरमा भ्याक्सिन लगाएकाहरुको सेकेन्ड डोज अक्टुवर १६ र १७ गते त्यहि ठाउमा लगाईने कम्युनिटिका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले जानकारि दिनुभयो ।सिबिरमा पोखराका जमुना पोखरेल र जानु श्रेष्ठको संयोगले जन्मदिन कै दिन भ्याक्सिन लगाउन पाउदा खुसि ब्यक्त गर्दै खोप ब्यवस्थापन गर्ने सबैप्रती धन्यवाद ब्यक्त गर्नुथियो ।
प्रतिक्रिया लेख्नुहोस्:-