बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि

१६० रुपियाँ रहेको काँचो तोरीको तेलको मूल्य प्रतिलिटर २६० रुपियाँ २२० रुपियाँ रहेको भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर ३६० रुपियाँ

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in आर्थिक
अशोज ४, २०७८ १०;२६ बिहान प्रकाशित
खाने तेलको मूल्य झन्डै दोब्बरले वृद्धि
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

काठमाडौँ, असोज ४ गते । नेपालमा कोभिड–१९ को महामारीसँग सुरु भएको बन्दाबन्दीले खाने तेलको मूल्य झन्डै दोब्बरले बढेको छ । नेपाल खुुद्रा व्यापार सङ्घका अनुसार २०७६ जेठको ३१ गतेदेखि २०७८ भदौ १० गतेसम्ममा खाने तेलको मूल्य दोब्बरले वृद्धि भएको छ ।

नेपाल खुद्रा व्यवसायी महासङ्घको तथ्याङ्कअनुसार गत दुुई वर्षको बीचमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ, भुटेको तोरीको तेल प्रतिलिटर १४० रुपियाँ र सनफ्लावर तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यो तथ्याङ्क २०७६ जेठ ३१ देखि गएको भदौ १० गतेसम्मको हो । २०७७ को जेठ ३१ मा प्रतिलिटर १६० रुपियाँ रहेको काँचो तोरीको तेलको मूल्य गत भदौ १० गते बढेर प्रतिलिटर २६० रुपियाँ भएको छ ।

यो अवधिमा काँचो तोरीको तेल प्रतिलिटर १०० रुपियाँ बढेको छ । यस्तै २०७६ जेठ ३१ गते प्रतिलिटर भुटेको तोरीको तेल २२० भएकोमा गएको भदौँ १० गते प्रतिलिटर ३६० रुपियाँ पुगेको छ । अहिले भुुटेको तोरीको तेल प्रतिलिटर ३९० रुपियाँ छ भने काँचो तोरीको तेल, सनफ्लावर, भटमासको तेलमा प्रतिलिटरमा १० देखि २० रुपियाँ बढेको छ ।

सङ्घका अनुसार २०७६ जेठ ३१ गते भटमासको तेल प्रतिलिटर १३५ रुपियाँ, भएकोमा गएको गएको भदौ १० गतेसम्म तेलको खुद्रा मूल्य प्रतिलिटर २४० रुपियाँ भएको छ । यो अवधिमा भटमासको तेल प्रतिलिटर १०५ रुपियाँले बढेको छ । यस्तै २०७६ जेठ १० गते प्रतिलिटर १३५ रुपियाँ रहेको सनफ्लावर तेल गत भदौ १० गते बढेर प्रतिलिटर २५० रुपियाँ भएको छ । यो अवधिमा सनफ्लावर तेलको मूल्य प्रतिलिटर १०५ रुपियाँ बढेको छ ।
२०७७ को माघ पहिलो साता विभागले उद्योगमा नै गएर अनुगमन गरेको थियो । अनुुगमनपश्चात् बारामा रहेका दुई तेल उद्योगले बढी मूल्य लिएको भन्दै विभागले तीन/तीन लाख रुपियाँ जरिवाना गर्दै मूल्य घटाउन निर्देशनसमेत दिएको थियो । विभागले उत्पादन लागतको अनुपातमा बढी मूल्य लिएको भेटिएपछि बारामा रहेको अन्नपूर्ण भेजिटेवल प्रालि र महालक्ष्मी सोल्भेन्ट एन्ड रिफाइनरी प्रालिलाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जरिवाना गरेको थियो ।

विभागले हाल सञ्चालनमा रहेका २० वटा तेल उद्योगको अनुगमन गरेपछि उद्योगीले ठूलो मात्रामा मूल्य बढाएको पाइएको छ । विभागले अनुगमन गरेर मूल्य घटाउन निर्देशन दिए पनि उद्योगीले पत्रमा मात्र घटाएको तर उपभोक्ताले घटेको अनुभव गर्न नपाएको खुद्रा व्यापारी विमल थापाको बुझाइ छ ।
विभागका महानिर्देशक प्रकाश पौडेलले खाने तेल मूल्य निर्धारण गर्ने अधिकार निजी क्षेत्रलाई हुँदासम्म तेलको मात्रै होइन अन्य सामानको मूल्य वृद्धिको समस्या भोगिरहनुपर्ने बताउनुुभयो । उहाँले भन्नुुभयो, “उत्पादकदेखि खुद्रा व्यापारीसम्मले २० प्रतिशत नाफा खान पाउने व्यवस्था कानुनमै छ । हामीले अनुुगमन गरेर हेर्दा कानुनविपरीत छैन । त्यो नभएपछि कारबाही गर्न पनि मिल्दैन, बजारमा मूल्य बढेर उपभोक्ता मारमा परेका छन्, हामी निरीह भएर
बस्नुपरेको छ । ”

तेलको मूल्य वृद्धि हुनुपर्ने कुनै कारण नहुँदा पनि भाउ बढिरहेकोमा आश्चर्य प्रकट गर्दै उहाँले मूल्य निर्धारण र बजार तहको व्यवस्थापन गर्ने अधिकार सरकारीस्तरबाट नभएका कारण यस्तो समस्या भएको बताउनुभयो । विभागको पछिल्लो एक अध्ययनअनुसार नेपालमा रहेका कुल २० वटा तेल उद्योगमध्ये १० वटाले नेपालको बजारमा न्युनतम मात्रामा तेल पठाउने र बाँकी १० उद्योगले भारततर्फ मात्रै तेल निकासी गरेको पाइएको छ ।

लागतका कारण मूल्यवृद्धि
खाने तेल उत्पादक उद्योगीले लागत नै बढी पर्न थालेकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् । खाने तेल उत्पादन गर्ने उद्योगको संस्था नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले सूचना सार्वजानिक गर्दै आफूहरूले कच्चा पदार्थ विदेशबाट आयात गर्नुपरेको र त्यसरी आयात गरिने कच्चा पदार्थको मूल्य दोब्बरभन्दा बढी भएकाले मूल्य बढाउनुपरेको दाबी गरेका छन् ।

उद्योगलाई चाहिने मुख्य कच्चा पदार्थ क्रुड सोयाबिन तेल, क्रुड सनफ्लावर तेल र तोरीको गेडा शतप्रतिशत ब्राजिल, अर्जेन्टिना, क्यानडा, अस्ट्रेलिया, युक्रेनलगायतका देशहरूबाट आयात गर्नुपर्छ । यसरी मुख्य कच्चा पदार्थ अन्तर्राष्ट्रिय बजारबाट आयात गर्नुपर्दा अन्तर्राष्ट्रिय बजारको व्यापारअनुरूप नै नेपालको बजारको समेत मूल्य निर्धारण हुने गर्दछ, विगत करिब २० महिनादेखि विश्वमा फैलिएको महामारी कोभिड–१९ तथा क्रुड तेल उत्पादन हुने देशहरूमा भएको सुक्खाका कारण र अन्य भूराजनीतिक विषयहरूले गर्दासमेत खानेतेलको मूल्यमा अस्वाभाविक रूपमा वृद्धि भएको दाबी उत्पादनक सङ्घको छ ।

ढुवानी र करले बढायो मूल्य
उद्योगीका अनुसार उद्योगीले खाने तेलको कच्चा पदार्थमा भन्सार महसुल १० प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत भएकाले १७ महिनामा कच्चा पदार्थको मूल्यमा दोब्बरले वृद्धि भएको हो । गत वर्ष सरदर २० रुपियाँ प्रतिलिटर रहेकोमा कच्चा पदार्थको मूल्य पछिल्लो समय ४५ रुपियाँ पुुगेको छ ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची
आर्थिक

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
आर्थिक

एक लाख नजिक पुग्यो सुनको मूल्य

फाल्गुन १९, २०७८ १४;०९ मध्यान्ह प्रकाशित
आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]
आर्थिक

विदेश बाट पैसा पठाउदै हुनुहुन्छ ? आजको विनिमयदर : कुन देशको मुद्राको मूल्य कति ?

फाल्गुन १९, २०७८ ०९;२८ बिहान प्रकाशित
नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग
आर्थिक

नेपालीको भान्सामा रुस–युक्रेन युद्धको असर, संकटमा पर्दैछन् तेल उद्योग

फाल्गुन १९, २०७८ ०८;०९ बिहान प्रकाशित
दसैँमा विदेशबाट पैसा पठाउँदै हुनुहुन्छ ? यी कुरा ख्याल गर्नुहोस्
आर्थिक

स्वदेशमा रेमिट्यान्सको सीमा घट्यो, प्रतिदिन २५ हजार मात्र पठाउन पाइने

फाल्गुन १८, २०७८ २१;१९ मध्यान्ह प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!