बैदेशिक पोष्ट
२०८२ जेष्ठ ५, आइतवार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

अस्ट्रेलियाबाट मानसिक रोग बोकेर किन फर्कदैछन् नेपाली विद्यार्थी?

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ४, २०७८ १४;२२ मध्यान्ह प्रकाशित
अस्ट्रेलियाको व्यस्त जीवनमा जान्नैपर्ने जिवनशैली
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

सिड्नीमा जारी लकडाउनबीच आइतबारे बिदाको दिन साझँपख उनी हतारिँदै थिए। ‘बरेलामा एक विद्यार्थी भाइलाई कोरोना भएछ, आइसोलेसनमा रहेछन् ,खाना पुर्‍यायाउन जाँदैछु’, एनआरएन अस्ट्रेलियाका उपाध्यक्ष देव गुरूङको पछिल्लो दिनचर्या यस्तै छ। शनिबार रातिसम्म डिप्रेशनका विद्यार्थीलाई नेपाल पठाउन उनी विमानस्थलमा थिए। अस्ट्रेलियामा मनोरोगले धेरैलाई ग्रस्त पारेको छ। यो समुदायमा माहामारीकै रुपमा फैलिदै गएको छ। यसबाट नेपाली विद्यार्थी पनि प्रभावित हुन थालेका छन्।

‘निकै गाह्रो भयो, मानसिक समस्याले विद्यार्थीलाई नराम्ररी गाँजेको छ। धरानका सुदीप (नाम परिवर्तन) लाई कंकड हस्पीटलमा दश दिन राखेर चिकित्सकको अनुमतिपछि एनआरएन र अन्य संस्थाको सहयोगमा शनिबार नेपाल पठाएँ,’ गुरूङले सेतोपाटीसँग भने, ‘धरानमा सुदिपको आमा मात्र हुनुहुँदो रहेछ। बाबा वैदेशिक रोजगारीका लागि अरब तिर हुनुहुँदो रहेछ। यता अस्ट्रेलिया आएका सुदिप पढाइ भन्दा अरू कुरामा बढी ब्यस्त भए। बिस्तारै भिसा पनि बिग्रिएछ र उनी पूर्ण मानसिक रोगी भइसकेका रहेछन्। अहिले केहि दिनको उपचार र आरामपछि उनी घर फर्कन सक्षम भए। त्यसका लागि मैले सहयोगी भूमिका निर्वाह गरेँ।’

पछिल्लो दुई वर्षमा १३ जना नेपाली विद्यार्थी भाइबहिनीलाई मानसिक समस्याका कारण नेपाल पठाइसकेको गुरूङ बताउँछन्। ‘मैले मात्र यति धेरै नेपाली विद्यार्थीलाई मानसिक समस्याका कारण अभिभावकको सल्लाहमा नेपाल फर्काइसकेको छु, समस्याका पहाड धेरै छन्। सबैभन्दा बढी समस्या लागूपदार्थ सेवन र ग्याम्बलीङको देखेको छु’ , एनआरएन एनएसडब्लुका संयोजकसमेत रहेका गुरूङले भने। विदेश गएपछि छोरोछोरी सप्रिन्छन्, पढ्छन् र पैसा कमाउँछन् भन्ने गलत सोचको उपजका रूपमासमेत यस्ता समस्या आउन थालेको गुरूङले बताए।

‘विदेश भन्ने वित्तिकै खुट्टा उचालिहाल्ने हाम्रो युवापुस्ता र देखासेखी गर्ने हाम्रो समाज अनि बुझ्दै नबुझी बिदेश पठाउने हाम्रा अभिभावक यस घटनाका दोषी चश्मा हुन्’, उनले भने। केही उतै बिग्रेका र सप्रिन्छन् भनेर यता पढ्न पठाएका झन बिग्रेको अवस्था देखेको बताउँने गुरूङ अगाडि भन्छन्, ‘धेरै जसो यता आएपछि पाउने स्वतन्तत्रा र अभिभावकत्वको कमीका कारण बिग्रिएको पाएको छु। बिदेश गएपछि कमाएर पढ्छन् र सके नेपाल पनि पैसा पठाउँछन् भन्ने सोच नै गलत छ।’

महिनौं कामको खोजी र मंहगो शैक्षिक शुल्क अनी मनमौजी जीवनशैलीजस्ता विषयले विद्यार्थीमा पर्ने मानसिक असरले केहीलाई जोगी त कतिलाई रोगी बनाएको देखिन्छ। पछिल्लो कोरोनाकालमा अस्ट्रेलियन सरकारले आफ्ना नागरिक सरहको ब्यवहार गरेकाले विद्यार्थीमा आर्थिक संकट नदेखिएको गुरूङ बताउँछन्।

पहिलाका कतिपय समस्यामा आर्थिक विषय जोडिएका थिए। तर अहिले भने त्यस्तो परिस्थिति देखिँदैन, प्रायः समस्या लागूपदार्थ र जुवातासकै देखिएको छ। कुलतमा लागेपछि पढाइ बिगार्ने र पढाइ बिग्रेपछि भिसा बिग्रने अनि त्यसपछि मानसिक रोगले गाँज्ने सवालमा पछिल्ला केसहरू सम्वन्धित थिए। त्यति मात्र होइन परिवारिक झगडा र बिग्रहले पनि केहि मानसिक समस्या ल्याएका छिटपुट घट्ना छन्।

यस विषयमा नेपाली राजदूतावास र आउटरीच एन्ड इमर्जेन्सी सपोर्ट वर्करले निकै सहयोग गरेकाले नेपाल पठाउन सजिलो भएको उपाध्यक्ष गुरूले बताए।

ब्रिटिस आर्मीका रिटार्यड गुरूङ समाजसेवामा व्यस्त छन्। उनको परोपकारी कार्यमा श्रीमती कुमारी गुरूङले साथ दिएकी छन्। ‘कुनै बेलामा त राति १२ बजे विद्यार्थी भाइबहिनीको फोन आउँछ, उठायो लु यस्तो पर्‍यो, उस्तो पर्‍यो भन्छन्, जानै पर्‍यो, यस्तो बेला परिवारको सहयोग बिना परोपकारी कार्य कठिन हुन्छ’, उनले भने।

आफैंले रोजेको देशमा सोचे जस्तो र खोजे जस्तो कुरा नपाएपछि मानिसमा नैराश्यता छाउने कुरा स्वभाविक हो। यसमा अझ युवा वर्ग बढी इमोसनल हुन्छन्, जसका कारण उनीहरू विस्तारै लागूऔषधको दुर्व्यशनीमा फस्छन्। जुन खतरनाक साबित हुनेगर्छ।

पछिल्लो दुई कार्यकाल एनआरएन अस्ट्रेलिया सचिव र उपाध्यक्ष रहिसकेका गुरूङ पुनः पछिल्लो महिना उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

एसएलसी र १२ कक्षा पास गरेपछि समुन्द्रका किनार र गगनचुम्बी मिनार देखेर विदेशीएका नेपाली कर्णधारहरू पढाइ लेखाइ छाडेर रमाइलो र मोजमस्तीमा लाग्दा कयैनको भविष्य अन्धाकार बनेको कुरा तथ्य कसैवाट लुकेको छैन।

देशका प्रतिभाशाली युवाहरू दक्षता अभिबृद्धिका लागि उच्च शिक्षा हासिलका लागि बिदेश आउँदै गर्दा पढाइ गुनाइभन्दा डलरको काम र धुवाँको आराममा जीवन बर्बाद गरिरहेको देखिन्छ।

अहिलेको युवा वर्गमा सहनसीलता र धैर्यतामा कमी देखिन्छ। सानो समस्यामै आत्तीने र स-सना उपलब्धिमै मात्तिने बानीले पनि मानिसलाई गलत बाटोमा पुर्‍याएको देखिन्छ। यसमा अभिभावकहरुले तिखो नजर लगाउनु आवश्यक छ।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!