बैदेशिक पोष्ट
२०८२ असार ४, बुधबार
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब
बैदेशिक पोष्ट
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

छोराछोरीले अष्ट्रेलियामा पैसा कमाउँदैछन् भनेर मख्ख नपर्नुस्, के काम गर्छौ भनेर नि सोध्नुस्

स्क्याममा फसेका नेपाली विद्यार्थी जेलनेलको चक्करमा

बैदेशिक पोष्ट बैदेशिक पोष्ट
in प्रबास
अशोज ४, २०७८ १४;२६ मध्यान्ह प्रकाशित
अष्ट्रेलियाको सिड्नीमा १४ दिने लकडाउन
Share on FacebookShare on WhatsAppShare on EmailShare on Pinterest

विदेशमा छोराछोरी पठाउनेले पैसा कमाएकै छन् भन्दैमा अभिभावकले ढुक्क भएर बस्ने अवस्था छैन। पछिल्लो दुई वर्षमा अस्ट्रेलियामा चाडै धनी हुने सोचमा बहकिएका आधा दर्जन नेपाली विद्यार्थी यतिखेर ‘स्क्याम काण्ड’ मा मुछिएर अभियुक्तका रूपमा जेलजीवन भोगिरहेका छन्। भारत र काठमाडौंमा बसेर केही भारतीय स्क्यामरले अस्ट्रेलियाका आफ्ना एजेन्टमार्फत बैंक खाता ह्याकलगायत ‘स्क्याम’ मा नेपाली विद्यार्थी प्रयोग गरिएको पाइएको छ।

अस्ट्रेलिया, अमेरिका, क्यानडालगायत मुलुकबाट ग्राहकको सुविधाका लागि खोलिएका कल सेन्टरहरू संसारभर छन्। यस्तै खाले कल सेन्टरको नक्कली कल प्रयोग गरी एटीओ, चिठ्ठा, बैंक खाता, माइक्रोसफ्टलगायतका विषय लिएर विद्यार्थीलाई प्रयोग गर्ने र स्थानीय वृद्धबृद्धा लक्षित गरेर अवैध धन्दा सञ्चालन गरिँदै आएको देखिएको छ। केही महिना अघि नेपाली विद्यार्थी विराटनगरकी नेहा गिरी र काठमाडौंका आयुष भट्टराई यस्तै स्क्याम ठगी काण्डमा पक्राउ परे।

अष्ट्रेलियाका वृद्धवृद्धालाई बैंक कर्मचारीका रूपमा चिनाउँदै उनीहरूको बैंकिंङ सूचना चोरी भएको भन्दै नयाँ बैंक खाता खोर्न उनीहरूको घर घरमा जाने क्रममा पक्राउ परेका थिए। आफूलाई ठगी गरेको थाहा पाएपछि ती वृद्धाले दिएको उजुरीका आधारमा उनीहरूलाई प्रहरीले २२ जुन २०२० मा पक्राउ गरेका थियो। १४ महिना जेल सजाय भोगेका दुवै विद्यार्थीलाई अस्ट्रेलिया सरकारले नेपाल डिपोट गर्न आदेश दिइसकेको छ।

यस्तै केही महिनाअघि बैंक स्क्याममा हंसवी बस्ने तीन नेपाली विद्यार्थी माउन्ट ड्रुडबाट पक्राउ परे। उनीहरू हाल अदालती प्रकृयामा छन्। तेलोपीयामा एक वृद्धासँग ठगी गरेको आरोपमा उनीहरूलाई प्रहरीले प्रक्राउ गरेको थियो। अष्ट्रेलियामा काम नगरी सहजै पैसा कमाउने प्रलोभनमा लाग्ने नेपाली युवा यस्तै चक्करमा लाग्दा प्रहरी फन्दामा परेका छन्।

अस्ट्रेलियामा पढ्न गएका आफ्ना छोराछोरीको जीवन शैली ह्वात्तै फेरिएको र मनग्गे पैसा पठाउन थाले भनेर मख्ख पर्ने अवस्था छैन। यसबारे अभिभावकले सोध्न र बुझ्न जरूरी छ। किनकि, विदेशमा पैसाको रूख हुन्न भन्ने कुरा जान्नु जरूरी हुन्छ।

अस्ट्रेलियाको विश्वविद्यालयमा पढ्ने विध्यार्थीले चर्को शैक्षिक शुल्क तिर्नुपर्ने हुन्छ। तर यहाँ विद्यार्थीका रूपमा काम गर्नेले कमाएको पैसाले सामान्य खान बस्न र पढाई खर्च पुग्छ। तर फजुल खर्च र बिलासी जीवनतिर ढल्कन लागेका छन् भने त्यसमा शंका गर्ने ठाउ पक्कै हुने एनआरएनका पूर्व महासचिव डा. ज्ञानेन्द्र रेग्मीले बताए।

‘पढाइ र महंगो शैक्षिक शुल्क तिरेर पठाएको छोराछोरीका धाक रवाफ र खर्च बर्च निकै बढेको छ भनेर मख्ख नपरी त्यसको पछाडिको रहस्य खोजिनुपर्छ,’ रेग्मीले भने, ‘आफ्ना सन्तान कतै गलत प्रवृत्तिमा लागेका त छैनन् भन्ने हेक्का अभिावकले राख्नैपर्छ नत्र पछि पछुताउनुबाहेक केही हुन्न।’

एकाउन्ट ह्याक भयो भन्ने र विभिन्न स्क्याम मार्फत अरूको खातामार्फत पैसा ट्रान्सफर गरेर यताका एजेन्टलाई १० देखि ४० प्रतिशतसम्म दिने र बाँकी रकम भारत र अन्य मुलुकमा बस्ने मुख्य स्क्यामरलाई पठाउने ठगी धन्धामा संलग्नको खोजी प्रहरीले तिब्र पारेको छ।

घर बसीबसी घन्टाको आकर्षक यति डलर र उति डलर भन्ने म्यासेज आएका छन् भने सावधानी हुनुहोला, यसले तपाईँलाई पनि गलत धन्दामा प्रयोग गर्न लागेको हुनसक्छ। यस्तो ठगिका घटनामा मुख्य आरोपी स्क्यामरहरु बिदेशमा रहेकाले बच्ने र एजेन्ट बनेका विद्यार्थी दोषि ठहरिने हुन्छन्। जुन पछिल्लो अस्ट्रेलियाको परिदृष्य हो।

यस्ता अन्तर्राष्ट्रिय ठग गिरोहले नेपालमा पनि चिठ्ठा पर्‍यो भन्दै बधाई दिने र सो पैसा नेपाल ल्याउन केही रकम दस्तुर लाग्ने भन्दै ठगी गरिरहेको कयौं घटना घटेका छन्। यो हाम्रो नयाँ पुस्तामा देखिएको पैसा कमाउने र चाडै धनी हुने महत्वाकांक्षाको परिणति भएको प्रवासी नेपाली एकता समाज अध्यक्ष अजय राजवंशीले बताए।

चालिस पचास लाख तिरेर उच्च अध्ययनका लागि अस्ट्रेलिया पठाएका छोरा छोरीहरू के गरिरहेका छन् भनेर बेला बेलामा अभिभावकले ध्यान पुर्‍याउनु पर्ने राजवंशीले बताए। अष्ट्रेलियामा पढ्ने नेपाली विद्यार्थी हुन् या नेपाली समाज अनलाईनबाट हुनसक्ने ठगी अर्थात स्क्यामबारे थप सचेत हुनुपर्ने अवस्था आएको छ।

पछिल्लो ८ महिनाको अवधिमा मात्रै अष्ट्रेलियामा करिब साढे ५ सय मिलियन डलर ठगी भएको सरकारी तथ्याङ्क सार्वजनिक भएको छ। यो तथ्यांक अष्ट्रेलिया सरकारको स्क्यामवाच भन्ने निकायले सार्वजनिक गरेको हो।

सबैभन्दा बढी फेसबुक चिठ्ठा, पिरामिड शैलीको व्यापार र क्रिप्टो करेन्सीको नाममा स्क्याम हुने गरेको छ। क्रिप्टोकरेन्सीको स्क्यामबाट मात्रै सन् २०१९ पछिल्लो ६ महिनामा १४.७६ मिलियन डलर ठगी भएको स्क्याम वाचको तथ्यांक छ।

नेपालबाट आउने सोझा विद्यार्थी भाइ–बहिनीलाई नेपाली मूलका वा अन्य व्यक्तिले २–४ सय डलरको लोभ देखाई फसाएका थुप्रै घटना सार्वजनिक भइसकेको हुँदा मेहनत नगरी पैसा कमाउने प्रलोभन कसैले दिएमा सावधान रहन कानुनविद शम्सेरशिंह थापाले सल्लाह दिएका छन्।

‘तिम्रो बैंक खाता नम्बर देउ, त्यसमा यति रकम आउँछ, तिमीले झिकेर ल्याउ, त्यो काम गरे बापत तिमीलाई ‘यति’ रकम दिन्छौं अनि फलानो ठेगानामा गएर यो समान देउ, उसले दिएको समान हामीलाई देउ’ भन्ने जस्ता कार्यमा संलग्न नहुन कानुनविद थापाले विद्यार्थीलाई सचेत गराएका छन्।

राहदानी (पासपोर्ट), चालक अनुमति पत्र, बैंक कार्ड, ट्याक्स फाइल नम्बर या आफ्नो जन्म मिति र ठेगाना खुल्ने कागजात जो कोहीलाई दिन नहुने भन्दै थापाले भने, ‘ती कागजातको आधारमा बैंकबाट लोन झिकिदिने, मोबाइल फोन निकाल्ने, सर-समान खरिद गर्ने, नयाँ खाता खोलेर मनी लान्डरिंग गर्ने, ट्याक्सबाट मनपरी रकम क्लेम गर्ने जस्ता गलत कार्य हुन सक्छन्।

प्रतिक्रिया लेख्नुहोस्:-

सम्बन्धित समाचारहरु

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै
प्रबास

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा
प्रबास

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति
प्रबास

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे
प्रबास

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या बढ्याे

फाल्गुन १९, २०७८ १४;३७ मध्यान्ह प्रकाशित
कामदार भिसामा पठाउँछु भनेर ‘भिजिट’मा पठाउन खोज्यो, अनि म गइनँ
प्रबास

भिजिट भिसामा विदेश जान दश लाख आम्दानी र पाँच लाख बचत अनिवार्य

फाल्गुन १९, २०७८ ०९;३४ बिहान प्रकाशित
  • ताजा पोष्ट
  • सर्वाधिक पढिएको

ताजा पोष्ट

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

मलेसियाको विस्ट्रन कम्पनीले शून्य लागतमा नेपाली लैजाने, पहिलो चरणमा ४५० नेपाली मलेसिया जाँदै

असार २४, २०७९ ११;५५ बिहान प्रकाशित
मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

मलेसियाको बेष्टिनेट कम्पनीमा छापा: सिण्डिकेटबारे सोधपुछ, अमिन उच्च निगरानीमा

असार २४, २०७९ ११;४४ बिहान प्रकाशित
वैदेशिक रोजगारीमा जाने क्रम बढ्दै, मंसिरमा मात्रै ७४ हजार भन्दा धेरैले लिए श्रम स्वीकृति

वैदेशिक रोजगारीमा ठगी: विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्‍यो

असार १४, २०७९ १२;५६ मध्यान्ह प्रकाशित
अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

अर्कैकी गर्लफ्रेण्ड भेट्न युवतीको घरमै गएका युवकले ३ तला माथिबाट हाम्फाले

चैत्र ६, २०७८ ११;४२ बिहान प्रकाशित
नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

नेपाल बैंकमा ठूलो संख्यामा जागिर खुल्यो

फाल्गुन २०, २०७८ १२;२० मध्यान्ह प्रकाशित
फेरि बढ्यो पेट्रोलको मूल्य, खाना पकाउने ग्यास पनि महंगियो मूल्य सुची

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढ्यो

फाल्गुन १९, २०७८ २१;३८ मध्यान्ह प्रकाशित

सर्वाधिक पढिएको

© 2023 Baideshik Post - Designed by Baideshik Post.

  • Home
  • Contact Us
  • About Us
  • Privacy Policy
  • Terms and Conditions

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृह पृष्ठ
  • समाचार
  • प्रबास
  • अन्तरास्ट्रिय
  • खेलकुद
  • बिजनेश
  • मनोरन्जन
  • राजनीति
  • सूचना प्रबिधि
  • स्वास्थ्य
  • आर्थिक
  • रोजगार
  • कुन देश कस्तो
    • इजरायल
    • ओमान
    • कुवेत
    • दक्षिण कोरीया
    • बहराईन
    • मलेसिया
    • युएई
    • लेबनान
    • साउदी अरब

© 2023 Baideshik Post - Designed by Baideshik Post.

error: Content is protected !!