काठमाडौँ, जापानमा अध्ययनरत नेपाली युवती (विद्यार्थी)ले आत्मह’त्या गरेको दु:खद खवर सार्वजनिक भएको छ । नेपाल काठमाडौं जिल्ला थानकोट घर भइ बिगत ५ वर्ष अघि बिद्यार्थी भिषामा जापान आएर हाल निहोन केइजाइ दाइगागुको तेश्रो वर्षमा अध्ययनरत अर्चना भुर्तेलले आत्मह’त्या गरेकी हुन् ।
हाल फुकुओकाको इजिरिमा बसोबास गर्दै आएकी अर्चनालाई सेप्टेम्बर २० तारिख बिहान १ ३० मा उनकै कोठामा मृ’त भेटिएको हो । अर्चनालाई कोठाको ट्वाईलेटमा झुण्डि’एको अवस्थामा मृ’त भेटिएको श्रोतले जानकारी दिएको छ ।
आत्मह’त्याको कारण खुल्न सकेको छैन । हाल मृ’तकको श’व प्रहरी नियन्त्रणमा पोष्टमार्टमा लागि राखिएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-