काठमाडौँ | मलेसियामा कार्यरत नेपाल ठेगाना मेचिनगर-३ झापाका निर्मल पोख्रेल सम्पर्क बिहिन भएको खबर मलाया खबरसंगै अन्य विभिन्न सञ्चार माध्यममा सार्बजनिक भएपछि अन्ततः उनको अज्ञात अवस्थाबारे जानकारी प्राप्त भएको छ।
केहिदिन अघि मलेसियामा बेपत्ता भनिएका नेपाली श्रमिक निर्मल पोख्रेलको खोजिनिती गरिदिनुहुनको लागी र सम्पर्कमा ल्याईदिनुहुनको लागी नेपालमा रहेकी इन्डोनेसियालि मुलकी महिला निर्मलको श्रिमति अनिले हामीलाई गरेको आग्रह, अनुरोध पश्चात् मलाया खबरसंगै अन्य अनलाइनले समेत “निर्मल पोख्रेल यता मलेसियामा बेपत्ता, उता नेपालमा इन्डोनेसियन श्रिमतिको बिच्चली। ” भन्ने शीर्षकमा प्रकाशीत गरेको खबर पश्चात् अन्ततः निर्मल पोख्रेल मलेशियाको जेलमा रहेको पुष्टि भएको आधिकारिक जानकारी प्राप्त भएको छ।
मलेसियाको एक सेक्युरिटी कम्पनीसंग आबद्ध रहि बिगत कैयौं बर्षदेखि सुरक्षागार्डमा अवैधानिक हैसियतमा कार्यरत निर्मल पोख्रेल मलेशियन अध्यागमन बिभाग (इमिग्रेशन) प्रहरीको छापामा पर्दा उनी सहित अन्य ७ जना अवैधानिक श्रमिकहरु समेत पक्राउ परेको जानकारी प्राप्त भएको हो।
पोख्रेल संगै एउटै कम्पनिमा कार्यरत मोहन लिम्बुले बताए अनुसार डे-शिफ्टको ड्युटी खटिएकै बेला निर्मल पोख्रेल लगायत ७ जना सुरक्षागार्डको एक स्थानिय नागरिक सङ सवारी पार्किङको बिषयमा बिवाद भएपछि, तिनै नागरिकले प्रहरी लाई खबर गरेका थिए। लगत्तै त्यसको केही घन्टा भित्रै अध्यागमनले काम गर्ने ठाउँमा चारैतिर घेरा हालेर उनिहरु लाई पक्राउ गरेर लगिएको जानकारी लिम्बुले दिएको छ।
यहीँ बर्ष सन् २०२१को अगस्ट ६ तारिख पक्राउ परि हाल पुत्राजायामा अवस्थित अध्यागमन बिभागको नियन्त्रणमा छानबिन शाखामा अनुसन्धानको क्रममा नै रहेको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ।
प्रतिक्रिया लेख्नुहोस्:-