जापानले यही महीनाको अन्त्यमा आपतकाल हटाउने भएको छ । यहाँका मन्त्री परिषद्का मुख्य सचिव खाचुनोबु कातोले मंगलबार यस्तो बताएका हुन् ।सेप्टेम्बर ३० मा हाल योजना बनाएअनुरुप नै आपतकाल अन्त्य गर्नेबारे छलफल गर्ने सरकारको योजना भएको उनको भनाई छ। उपर्युक्त समयमा आपतकाल हटाउन सकिन्छ कि सकिदैंन भनेर आफूहरुले निर्धारण गर्न चाहेको उनले एक पत्रकार सम्मेलनमा बताएका थिए ।
आपतकाल फुकाउने निर्णय गरिँदा अस्पतालहरुमा बिरामीको चापबारे विशेष विचार गरिने उनको भनाई छ । हाल टोकियो र अन्य १८ प्रिफेक्चरमा कोरोना भाइरसको महामारी नियन्त्रण गर्न आपतकाल लगाइएको छ । स्वास्थ्य प्रणालीमाथिको चाप घट्दै गइरहेको र कोभिडका गम्भीर बिरामी तथा संक्रमणका कारण मर्नेको संख्या पनि घट्दो क्रममा भएको अर्को छुट्टै पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री नोरिहिसा तामुराले बताएका थिए ।
एक हप्ता अघिको तुलनामा चाप अलि कम भएको छर्लङ्ग रहेको उनको भनाइ छ । आपतकाल सेप्टेम्बर ३० मा हटाउने कि नहटाउने भन्नेबारे निर्णय गर्दा महामारीको विद्यमान अवस्थाबारे विज्ञहरुले गर्ने मूल्यांकनलाई विचार गरिने पनि तामुराको भनाइ छ ।
प्रतिक्रिया लेख्नुहोस्:-