टोकियोको एक शौचालयको फोहोरको भाँडोमा नवजात शिशुको शव छाडेको आरोपमा एक बिदेशी महिला पक्राउ परेकी छिन् । टोकियोको एक सुविधा सम्पन्न आवासिय भवनको शौचालयमा बच्चा जन्माएपछि शौचालयको फोहोरको भाँडोमा आफ्नो नवजात शिशुको शव छोडेको आरोप अभियुक्त थाई महिला माथि लगाइएको छ।
अभियुक्त २८ बर्षिया महिला पेनपनासक सुपापोर्न भएको र उनि थाईल्याण्डकी भएको प्रहरीले बताएको छ । उनले लगभग २५ हप्ताको शिशु बालकलाई जन्म दिएकी थिईन । गत शुक्रबार सेप्टेम्बर १७ तारिखमा मृत शिशु शौचालयको फोहोरमा छाडेर हिँडेकी थिईन् ।६३५ ग्राम तौलको शिशुको शव २७ सेन्टिमिटर लामो रहेको र शिशुको नाभी जोडिएको अवस्थाको शव आईतबार एक सरसफाईकर्मीले फेला पारेका थिए ।
प्रहरीका अनुसार अभियुक्त थाई महिलाले शिशुको हत्या गरेकी हुन् वा जन्मदै मृत भएको भन्ने बारेमा पोष्टमार्टम पछि भन्न सकिने छ । गत वर्ष मार्चदेखि जापानमा बसोबास गरेकी ती महिला टोकियोको सिन्जुकु वार्डमा बस्दै आएकी थिइन् ।
प्रतिक्रिया लेख्नुहोस्:-