महिलाको संवेदनसिल अंग जर्वजस्ती छोएको आरोपमा टोकियोबाट एक नेपाली युवा पक्राउ परेका छन । समाचार अनुसार घर फर्कंदै गरेकी एक युवतीमाथि यौन अपराध गरेको आरोप अभियुक्त युवामाथि लगाइएको छ । पक्राउ परेका युवा ३७ बर्षिय सुमन कुमार पौडेल भएको याहु न्यूजले उल्लेख गरेको छ ।
सेप्टेम्बर २२ तारिखको दिनमा महानगरिय प्रहरी शितायाले पौडेललाई पक्राउ गरेको हो । पार्ट टाईम काम गर्दै आएको बताइएका पौडेल राजधानी टोकियोको सुगिनामी कु कोउएन्जी कितामा बस्दै आएको उल्लेख छ ।
‘रक्सिले मातेको अवस्थामा भएकाले मलाई केही सम्झना छैन’ अभियुक्त पौडेलले आरोपबारे प्रहरीलाई बयानमा भनेको समाचारमा उल्लेख छ । घटना अगष्ट २८ तारिख साँझ ६ बजेर ४० मिनेटको समयमा ताईतो वार्डमा भएको हो । अभियुक्त नेपाली युवाले महिलालाई ८० मिटर पिछा गरेर संवेदनशिल अंग छोएर दुर्व्यवहार गरेको दाबी प्रहरीलाई उदृत गर्दै समाचारमा उल्लेख छ ।
उक्त यौन दूर्व्यवहारको हर्कत लगत्तै पौडेलले ४० बर्ष उमेर समुहकी अर्का एक महिलासँग कुरा गर्दै ‘तिम्रो बहिनी राम्री छिन्’ भनेको पनि समाचारमा उल्लेख छ । घटनाको सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।
प्रतिक्रिया लेख्नुहोस्:-