कतारको अपराध अनुसन्धान विभागले ठूलो परिमाणमा रकमसहित एक एशियाली नागरिकलाई पक्राउ गरेकोे छ । ती नागरिकले व्यवसाय गर्ने अनुमानि बिना नै लगानी र अन्य आर्थिक कारोबार गर्ने गरेक कतारको अपराध अनुसन्धान विभागले बताएको छ । कतारको आन्तरिक मन्त्रालयका अधिकारीहरूले उक्त व्यक्तिको निवासमा छापा मारी पक्राउ गरेका हुन् ।
कतारी अधिकारीहरूले उनको निवासवाट कतारी रियालसहित ठूलो परिमाणमा विदेशी मुद्रासमेत जफत गरेको जनाएको छ । उनको साथबाट कार, मोटरसाइकल लगायतका महँगा उपकरणहरू समेत जफत भएका छन् । उनले मनी लन्ड्रिङसमेत गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले प्रारम्भिक जानकारी दिएका छन् ।












प्रतिक्रिया लेख्नुहोस्:-