काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स १८ प्रतिशतले घटेको छ । साउन महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्षको साउनमा रेमिट्यान्स २३ प्रतिशतले बढेकामा यो वर्षको साउनमा १८ दशमलव एक प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यस्तै साउनमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या बढेर १३ हजार आठ सय जना पुगेको छ । अघिल्लो वर्षको साउनमा अन्तिम श्रम स्वीकृति लिनेको सङ्ख्या ९९ प्रतिशतले घटेको थियो ।
त्यसैगरी साउनमा वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई सय ८६ प्रतिशतले बढेर ११ हजार ६ सय २८ जना पुगेको छ । अघिल्लो वर्षको साउनमा याे सङ्ख्या ८० प्रतिशतले घटेको थियो ।
![आजको विदेशी मुद्राको विनिमयदरः कुन देशको कति छ भाउ ? [सूचीसहित]](https://i0.wp.com/www.baideshikpost.com/wp-content/uploads/2021/09/dollar-malaysia-nepal.jpg?resize=750%2C375&ssl=1)











प्रतिक्रिया लेख्नुहोस्:-